दसैँ गीत मार्फत- रातो टिका (भिडियो सहित)

विआरटि नेपाल सम्बाददाता, अर्जुन खनाल /नयाँ दिल्ली

विदेशको त्यो पिडा केवल विदेशीनेलाई मात्र थाहा हुन्छ,स्वदेशमा बसेर आफ्नो विदेशियको दाजु वा बुवालाई यो पठाईदिनु त्यो पठाईदिनु भन्न सजिलो हुन्छ । विदेशमा कसरि दिन काटिरहेको छ भन्ने केवल उही प्रदेशीलाई मात्र थाहा हुन्छ ।

घर परिवार छाडेर विदेशिनु हामी नेपालीको बाध्यता हो । त्यस्तै चाड वाड मनाउन नपाउनु, परिवारसँगै दुई छाक टार्न नपाउदाको पिडा योगराज पोख्रेल र पुष्कर पोख्रेलको संयुक्त दसैँ गीत मार्फत रातो टिका बजारमा ल्याएका छन् ।

योगराज पोख्रेल, पुष्कर पोख्रेल र रचना घिमिरेको आवाजमा रहेको गीतमा शब्द भने संगीता अर्याल र पुष्कर पोख्रेलको रहेको छ , निर्देशन विजय पोख्रेलले गरेका छन् । युनिक मुभिजले बजारमा ल्याएको उक्त गीतमा विजय, बाबुराम, शीतल, कपिल, दिनेश आदिको अभिनय रहेको छ ।

Published on September 8, 2016 at 7:52 am

Loading...

यसमा तपाइको मत