बजारमा ‘हिँड्दा हिँड्दै’ (भिडियो सहित)

विआरटि नेपाल सम्बाददाता- काठमाडौं, २३ भदौ

Published on September 7, 2016 at 11:32 pm

unnamed-1

श्री राज ईन्टरटेन्मेण्ट प्रालिले ‘हिँड्दा हिँड्दै’ वोलको गीत बजारमा ल्याएको छ । युवापुस्तालाई लक्षित गरि निर्माण गरिएको उक्त गीतमा मेलिना राईको स्वर रहेको छ । गीतलाई सकुन आँसुले लेखेका हुन् भने डिआर हतुले संगीत भरेका हुन् ।

श्री राज ईन्टरटेन्मेण्ट प्रालिकै निर्माणमा गीतको म्युजिक भिडियो तयार पारिएको छ । हेरु लामाको निर्देशनमा रहेको उक्त भिडियोमा राजिव वलामि (श्रेष्ठ), निता राई र सिर्जना किँरातिको नृत्य रहेको छ । भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् भने किरण थापाले सम्पादन गरेका हुन् ।

भिडियोलाई काठमाडौंको चोभार, किर्तिपुर, अनामनगर लगाएतका रमणिय स्थानमा छाँयाकन गरिएको उक्त गीतका मोडल वलामिले बताए । वलामिले थपे, ‘म्युजिक भिडियोहरु धेरै निर्माण भएका छन् तर सबै उस्तै खालको मात्र बनेको भेटिन्छ । त्यसैले हामीले यो भिडियो अलि फरक किसिमले निर्माण गरेका छौँ ।’

Loading...

यसमा तपाइको मत