दशैं तिहारमा घर आउन नपाउने ‘परदेशीको मन’ (भिडियो सहित)

समिर प्रकाश पाण्डे

Published on September 7, 2016 at 11:05 pm

14269655_1401780613172588_440182473_n

दशैं तिहार नजिकीदैं गर्दा दशैं तिहार संग जोडिएका गीतहरु बजारमा आउन आउका छन् । बिशेष गरी लोक संगीतकर्मीहरु दशैँ तिहारका गीत बजारमा ल्याउन लागि परिसकेका छन् । यसैक्रममा सारथी म्यूजिकले नयाँ दशैँ गीतको भिडियो सार्वजनिक गरेको छ । ‘परदेशिको मन’ बोलको गीतमा घरमा श्रीमती छोडेर धन कमाउन परदेश गएको युवकको कथा छ ।

मधुसुदन बञ्जाडे र कृष्णा परियारको स्वर रहेको गीतम कस्तुप पन्तको संगीत छ भने फर्शु पौडेलले यो गीत लेखेका हुन् । गीतमाथी बनेको म्युजिक भिडियोमा सज्जन हमाल र अनु पराजुलीको अभिनय देख्न सकिन्छ ।

कुमार केसीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका छन् भने अनुप सिवाकोटीले सम्पादन गरेका हुन्।

Loading...

यसमा तपाइको मत