भवन भट्टमाथी लागेको आरोप प्रति ‘भूकम्प पीडित राहत तथा सहयोग समिति जापान’को आपत्ति(विज्ञप्ति सहित)

विआरटि नेपाल सम्बाददाता

Published on September 7, 2016 at 12:24 pm

bhaban-bhatta

नेपाल ब्रिटेन डट कममा मङ्गलवार ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रकाशित भएपछि एनआरएन उपाध्यक्ष भवन भट्ट यतिबेला आफूमाथि लागेको आरोपको विरोध गरिरहेका छन् । उनले यो समाचार गलत भएको भन्दै भ्रामक समाचारको पछि नलाग्न पनि सबैलाई अपिल गरेका छन् ।

जथाभावी समाचार सम्प्रेशण गरेको भन्दै खेद व्यक्त गरेका भट्टले आफू गरेका सबैकामहरु पारदर्शी भएको र विवादमा मुछिने काम समेत नगरेको अवस्थामा कपोल कल्पीत र भ्रामक समाचार सम्प्रेश हुनु अत्यन्द दुखलाग्दो कुरा भएको बताएका छन् ।

त्यस्तै उपाध्यक्ष भट्टको बारेमा नेपाल ब्रिटेन डट कमले छापेको समाचार सरासर भएको भन्दै भूकम्पपीडित राहत तथा सहयोग समिति जापानले समाचार प्रति आपत्ति जनाउदै खण्डन गरेको छ ।

समितिले भवन भट्टमाथी लेखिएको समाचार प्रति आपत्ति जनाउँदै बुधवार आकस्मिक बैठक राखी उक्त कोषको समितिका ३ जनाद्वारा सामूहिक हस्ताक्षर सहितको विज्ञप्ति जारी गरेको छ ।14274459_10154486638281613_203412825_o1-750x1062

‘भूकम्पपीडित राहत तथा सहयोग समिति जापान’ले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ :-

नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति भूकम्पपीडित राहत तथा सहयोग समिति जापानको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख गरिएको विषय र रकममा कुनै सत्यता नभएको जानकारी गराउँदै उक्त भ्रमपूर्ण समाचार प्रति यस समिति खेद प्रकट गर्दछ र उक्त समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दछ । यो समिति एनआरएन जापान सहित जापानमा रहेको सिङ्गो नेपाली समुदायमा क्रियाशील राजनीतिक दलहरूका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समिति हो । यस समितिको जापान स्थित जापान पोस्ट बैङ्कको आफ्नै खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको कुरा यो समिति सबैमा आश्वस्त पार्दछ ।

स्मरणरहोस, यस अघि पटक पटक गरेर ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा समितिको निर्णय अनुसार पठाइएको थियो । यसमा जम्मा भएको सबै रकम समितिले नै उठाएको र कहाँ कसरी खर्च गर्ने भन्ने बारेमा पनि यही समितिले उपयुक्त निर्णय गर्ने कुरा सबैमा अवगत गराउन चाहन्छ ।

यो रकम एनआरएन आइसिसिको कोषमा पठाउन पटक पटक एनआरएनका पदीय जिम्मेवारीमा रहनुभएका साथीहरूले अनुरोध गर्दै आउनुभएको भए पनि रकमको खर्च कहाँ कसरी हुन्छ र जापानबासी नेपालीहरूको योगदानको पहिचान कसरी हुन सक्छ भन्ने स्पष्ट जानकारी पाउन नसकेकाले कोष जापानमा नै सुरक्षित रहेको कुरा पनि यसै अवसरमा जानकारी गराउदै उक्त मौज्दात रकम कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा यस समितिले निकट भविष्यमै उपयुक्त निर्णय लिने कुरा अवगत गराउँदछौं ।

यस समितिको नाममा रहेको खाता विवरण यसैसाथ संलग्न गरिएको व्यहोरा समेत अवगत गराइन्छ । जिम्मेवार मिडिया कर्मीहरुले यसकिसिमका समाचारहरु सम्प्रेषण गर्नु अघि सत्यतथ्य बुझिदिनुहुन पनि यस समिति विनम्र अनुरोध गर्दछ ।

भूकम्पपीडित राहत तथा सहयोग समिति जापान सचिवालय समितिका तर्फबाट सदस्यहरू

-तिलक मल्ल

-महेशकुमार श्रेष्ठ

-जिज्ञान कुमार थापा

Loading...

यसमा तपाइको मत