चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगितको हल्ला निराधार
Loading...

विआरटि नेपाल सम्बाददाता-काठमाडौं,२२ भदौ

Published on September 7, 2016 at 12:51 am

se-jinping-e1453260559564

बिभिन्न सञ्चार माध्यमबाट चिनियाँ राष्ट्रपति सी जिङपिङकोको नेपाल भ्रमण स्थगित भएको समाचार प्रकाशित भएपछि चासोको रुपमा लिईएको यो समाचार नै निराधार सावित भएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको कुरा परराष्ट्रमन्त्रालय र बैइजिङस्थित नेपाली दूतावस स्रोतले आफुहरुलाई यो बारे जानकारी नै नभएको बताएपछि यो हल्ला मात्र भएको पुष्टि भएको छ ।

अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमण स्थगीत त के आफुहरुलाई उनि नेपाल आउने मिती पनि जानकारी नभएको परराष्ट्रमन्त्रालयले जनाएपछि कतिपय समाचार माध्यमले आफ्नो पुरानो न्युज अर्थात चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगीत भएको भन्ने न्युज नै हटाएर पाठक समक्ष माफी माग्नु परेको छ ।

पराष्ट्र मन्त्रालयले आफुलाई चिनियाँ राष्ट्रपति नेपाल आउने मिती समेत थाहा नभएको बताएपनि पराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा आफुलाई कुनै जानकारी नआएको बताएपनि चिनियाँ राष्ट्रपतिको भ्रमण असोजमा हुन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । ministry-of-foreign-affairs

केही समय अघि प्रधानमन्त्री दाहालको विशेषदूतका रूपमा बेइजिङ गएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा भएका भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीले सन् २०१६ भित्र उच्चस्तरीय नेपाल भ्रमण हुनसक्ने बताए पनि राष्ट्रपति सीको नै भ्रमण हुनसक्ने स्पष्ट बताएका थिएनन् । नेपाल फर्केपछि मन्त्री महराले चिनियाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित भएको दाबी गरेका थिए ।

Loading...

यसमा तपाइको मत