फ्युजनमा सवै समेटिदै

विआरटि नेपाल सम्बाददाता-पथरी,२१ भदौ

Published on September 6, 2016 at 9:35 am

unnamed

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रलाई सृजनशिल क्षेत्रको चिनारी बनाउने अभियान अन्तर्गत सो क्षेत्रका श्रष्ठाहरुलाई समेटेर एउटै दर्विलो संस्था बनाउने काम थालिएको छ । अभियानको अगुवाई गरिरहेको कला, साहित्य र संस्कृति क्षेत्रको संस्था एभरेष्ट आर्ट फ्यूजनले संस्थामा अरुलाई समेटेर सदस्य संख्या थप गरेको हो ।

कवि कुनाका संयोजक अशोक राई, गायकहरु अमिर राई, रविन कन्दङ्वालाई सल्लाहकार समितिमा समेटिएको छ । त्यसका साथै ओजस्वी कलाकेन्द्रका प्रमुख सोम याम्फुका साथै पृथ्वी आलेमगर र लक्ष्मी सुवेदीलाई सदस्यमा मनोनयन गरिएको फ्युजनका सल्लाहकार भूपेन्द्र तिम्सिनाले जनाउनु भयो ।

फ्यूजनले नगरलाई सृजनशिल रुपमा चिनाउनका लागि ‘सृजनशिल पार्क’को अवधारणा ल्याएको छ । सृजनात्मक गतिविधिको स्थलका रुपमा समेत स्थापित नगरिने पार्कका लागि नगरपालिका कार्यालय, नगरविकास समिति र पञ्चायत उच्चमाविको अगुवाईमा त्यसको व्यवस्थापनको पहल भइरहेको छ ।

Loading...

यसमा तपाइको मत