हुस्टनमा नेपाली फुटबल प्रतियोगिता: ड्रुक हुस्टन र डेढ रनर फाइनलमा

दिनेश थापा, हुस्टन

ड्रुक हुस्टन क्लब र डेढ रनर क्लब नेपाली सङ्घ हुस्टनको आयोजनामा नेपाली समुदायका टिमहरु बिच हुस्टनमा सञ्चालन भइरहेको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् I

पहिलो सेमीफाइनलमा डेढ रनर क्लबले एभरेस्ट वरिअर्सलाइ ४ – २ ले हराउदै फाइनलमा प्रवेश गर्‍यो I डेढ रनरको जितमा उत्सब ढुंगानाले २ गोल गरे भने रोशन अधिकारी र प्रकाश पौडेलले एक एक गोल गरे I साथै एभरेस्ट वरिअर्सको तर्फ़बाट प्रमोद थापा र विशाल बुढा मगरले एक एक गोल गरे I

दोस्रो सेमीफाइनलमा ड्रुक हुस्टन क्लबले थ्री स्टार हुस्टनलाइ ४ – ० ले पराजित गरी फाइनलमा प्रवेश गर्‍यो I ड्रुक हुस्टन क्लबको लागि रोशन राईले २ गोल र योशन भुजेल र ज्ञान मगरले एक एक गोल गरे I

नेपाली सङ्घ हुस्टनको आयोजनामा नेपाली समुदायका टिमहरु बिचमा आयोजना गरिएको प्रतियोगितामा नेपाली समुदायका ८ टिमहरुको सहभागिता रहेको छ I प्रतियोगिताको फाइनल सेप्टेम्बर १० मा हुनेछ I

Published on September 6, 2016 at 6:34 am

Loading...

यसमा तपाइको मत