बोष्टनमा पहिलोपटक इन्द्र जात्रा ( समयबजी) धुमधामसँग सम्पन्न

यम पौडेल, बोष्टन

अमेरिकाको बोष्टनमा नेवा : अर्गनाइजेशन अफ अमेरिका न्यु ईगलैण्ड व्दारा पहिलोपटक आयोजित येँया : पुन्ही इन्द्रजात्रा हिजो बृहद रूपमा सम्पन्न भयो । मासाचुसेट राज्यको वाटरटाऊन सिटि स्थित आर्शनल ग्रिन पार्क हिजो नेवारी पहिरन, संस्कृति र परिकारले सजिएको थियो । मेरिल्याणड, न्यु योर्क, कनेटिकट, मासाचुसेट, न्यु ह्यामसायर राज्यबाट आएका नेपाली अमिरिकिहरुले समयबजी मिठो सँग थपि थपि खाएका थिए भने अमेरिकामा पनि लाखे नाच हेर्न पाऊनुलाई सौभाग्य ठाने । यसैबिच पिता पुर्खादेखि मानिआएको नेपालको महत्त्वपूर्ण सांस्कृतिक धरोहर आफुहरुले पनि बचाईराख्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको भन्दै नेवा अर्गनाइजेशन अफ न्यु इँगलैण्ड च्याप्टर का अध्यक्ष कुमार सिन्दुराकारले सहभागी सबैको स्वागत गरेका थिए त्यसै गरी च्याप्टरका सचिव बुद्ध महर्जने कार्यक्रम सञ्चालन गरेका थिए । Boston (3)

कार्यक्रममा मेरिल्याण्ड देखि आएका वर्ल्ड ने:वा अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्टले नेवारीमै बोल्दै नेवा: अर्गनाइजेशनको बारेमा प्रष्ट्याएका थिए भने प्रमुख बक्ताको रूपमा आएका नेवा गुरु, रिसर्चर वासभ राजोपाध्यायले येँया पुन्ही इन्द्रजात्रा र समयबजी को मह्त्व दर्शाऊदै समय दोँ भनेको पञ्चतत्वको रूपमा तान्त्रिक देउताको अगाडि अप्रतक्ष्य बली को रूपमा चढाईन्छ भनेर एतिहासिक व्याख्या गरेँ । साथै समयबजीसँग आउने अन्य सँस्कृतिहरु इन्द्रजात्रा,कुमारी,लाखेँ, आकासे भैरव आदिको प्रचलन र एतिहासीक कथाहरू सुनाएका थिए । सबै राम्रा सँस्कृतिहरु नेपालीका हुन । सास्कृतिक पर्वहरु बचाउन र नानीबाबुलाई सिकाउन जरुरी छ भन्नेमा उहाँको जोड थियो ।

गाईजात्राको एक मैन्हा पछि इन्द्रजात्रा पर्दछ इन्द्रजात्राकै दिन समयबजी खाने एतिहासिक प्रचलन छ । समयबजीमा खासगरी स्यावजी( चिऊरा), कालो भटमास, सिद्रा माछा, बोडी, लसुन, अदुवा, अण्डा, ओ(मासको बाडा), टुकँचा( तोरीको साँग) ,छोयला, आलुको अचार,सिसाफुसा(फलफुल),थ्वँ (जाँड) आदी हुने र यसलाई सर्वप्रथम इन्द्र देवतालाई चढाऊने प्रचलन र चढाइसकेपछि बाडेर खाने वा मागी मागी खाने चलन रहेको कुरा कार्यक्रममा सहभागी पाका पुराना सामाजिक व्यक्तित्व प्रयागमान श्रेष्ठले हामीलाई बताए ।  Boston (5)

नेवा अर्गनाईजेशन अफ अमेरिका न्यु इँगलैण्ड च्याप्टरका आठ कार्यकारिणि पदाधिकारीहरू, तिनका परिवार एवं सम्बद्ध साथीहरू दिनरात खटेर कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाएको कुरा सचिव बुद्ध महर्जनले बताए ।समयबजीमा लाखे बनेर नाच्नेमा सत्य जीवन श्रेष्ठ थिए । कुमारी बनेर प्रस्तुत हुनेमा रेणि श्रेष्ठ थिइन । बाजा बजाएर नचाऊनेमा नातिराज महर्जन थिए । स्मृति श्रेष्ठले फुलको आखामा फुलै संसार गीत गाएकि थिइन भने मिठु थापाले नेवारी गीत । हिजोको दिन बोष्टनमा साह्रै राम्रो मौसम थियो त्यस्तै अमेरिकाको ३ दिने लेबर डे विकान, जसले गर्दा ग्रेटर बोष्टन स्थित जिबिएनसि, प्याब्फोन,नेपाली जन सम्पर्क समिति, हिमालयन हेरिटेज कल्चरल एकेडेमी, हिमालयन लायन्स क्लब,एन डब्लु जी एन,बोष्टन लोक सुसेली समूह, बृहद बिराटनगर समाज,तमु समाज, थकाली समाज लगायतका नेपाली सङ्घ संस्थाबाट पदाधिकारीहरू को बाक्लै उपस्थित देखिन्थ्यो ।

एक प्रसङगमा आयोजक संस्था न्यु ईगलैण्ड च्याप्टरका अध्यक्ष सिन्दुराकारले भने “ आफू समेत संलग्न भई २०१३ देखि बोष्टनमा नेवा अर्गनाईजेशन तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आऊदा आज आफुहरु वर्ल्ड नेवा:अर्गनाइजेशन जस्तो ठुलो संस्था अन्तर्गत समेटिन सक्षम भएको र पहिलोपटक बोष्टनमा इन्द्रजात्रा मनाउन सफल भएको उल्लेख गर्दै सबै सफल कामको जस बोष्टन न्यु इङल्याण्ड च्याप्टरका पदाधिकारी साथीहरूलाई जाने बताउँदै खुसी व्यक्त गरेँ , त्यसै गरी आगामी दिनमा पनि सबैको साथ पाऊनेमा ढुक्क हुँदै कार्यकममा सहभागी हुने र आफुहरुलाई प्रतक्ष्य अप्रतक्ष्य सहयोग पुराऊने सबै सबैलाई मुरी मुरी धन्यवाद दिए ।
फोटो साभार: साझा डट कम तथा सम्बन्धित साथीहरूको फेसबुकबाट

Boston (1) Boston (4) Boston (6) Boston (7) Boston (8) Boston (9) Boston (10) Boston (11)

Published on September 6, 2016 at 6:22 am

Loading...

यसमा तपाइको मत