हार्डड्राइभ र डेस्कटपलाई नेपालीमा के भनिदो रहेछ ?

विजय थापा

नेपाली भाषा कुनै भाषा भन्दा गरिब र कम्जोर कदापि छैन l एक शताब्दी पछि अङ्ग्रेजी भाषाले पुरा विश्व खाने हो कि भन्ने डर पनि छ l विश्व व्यापी रूपमा यही भाषालाई नै पूर्ण प्राथमिकताको साथ मान्यता दिइन्छ l अङ्ग्रेजी भाषा बिना परिकल्पना गर्न सकिदैन l
जीवनमा उन्नति र प्रगति गर्नु छ भने यसमा पण्डित हुनु जरुरी छ l तर अङ्ग्रेजी भाषाको ज्ञान भएन भने जीवन नचल्ने पनि होइन l परदेशीएकालाई देश र भाषाको माया धेरै लाग्दछ । हामी बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ ।

यो हाम्रो सम्पत्ति हो र श्रद्धा गर्दछौ । यो बिना हामी कल्पना पनि गर्न सक्दैनौ । यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा विश्वमा भई रहेको भाषाको प्रभावमा मासिने डर हुन्छ । अङ्ग्रेजी भाषालाई पुरा प्राथमिकता दिदा हाम्रा पुर्खाले जोगाई राखेको अमूल्य नासो विलीन हुन् पनि सक्ने छ l

विदेशी माटोमा रहँदा मात्रीभूमिले मुलुकले लगाएको गुनको पैचो तिर्न एउटा विदेशीएको नेपालीले आफ्ना बिचार र भावना पोख्न कविता, कथा, गीत र साहित्यलाई हतियारको रूपमा प्रयोग गरी आफ्ना कुराहरू पस्किरहेको हुन्छ ।
हामी नेपालीमा नै नेपाली समुदायसँग बोल्न रुचाउछौ । हाम्रा हृदय भित्र उकुस मुकुस भएर रहेका भावना र वेदनाहरुहरु यसै माध्यमबाट अभिव्यक्त गर्दछौ । भाषाको विकास हेतु प्रशस्त सापटी लिएर काम चलाईएको छ ।नेपाली भाषा पनि यसरि नै निर्माण गरिएको छ । नेपाली भाषाको जननी संस्कृत भाषा हो । मात्री भूमिमा मात्र नभै परदेशमा नेपाली भाषाले नेपाली नेपाली बिच गहिरो साइनो लगाई दिन्छ ।

सयुक्त राष्ट्र सङ्घ, शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले संसारमा बोलिने करिब छ हजार भाषा मध्ये तीन हजार भाषा लोप भई सकेको उल्लेख गरेको छ l नेपाली भाषाको समृद्धता र सम्पन्नतालाई शब्द ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ ।

यदि हामीले भाषामा ध्यान दिएनौ भने भोलि नेपालीमा अङ्ग्रेजी मिसाएर बोलेको हो या अङ्ग्रेजीमा नेपाली मिसाएको हो भन्ने एकिन गर्न नै गाह्रो हुन्छ । नेपाङ्ग्रेजि बोल्ने चलन आई सकेको छ l झन् कलम चलाई रहने पेसामा संलग्न पत्रकार, साहित्यकार ,कवि ,लेखकहरु समयको अभाव भनु या अल्छि भई दिनाले अङ्ग्रेजी शब्द कै प्रयोग गर्ने प्रचलन आएको छ l

विशेष त यिनै पेसामा भएकाहरुलाई अझ फाइदा होस् बन्ने हेतुले यो पंक्तिकारले कैयौ शब्दहरू पस्कने जमर्को गरेको छ l अत्यधिक रूपमा राष्ट्रिय स्तरका पत्रिकामा पनि अङ्ग्रेजी शब्द नै प्रयोग गरेको आफूले देखेको र पढेको छु l समय व्यवस्थापन गर्न सकिने छ भने एक पटक पढ्न आग्रह गर्दै निरन्तर यस्ता शब्दहरू लेखनबाट विश्व भर रहेका सबै नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु l

पत्रकारिता पेसामा पाठकले बुझ्ने र सरल भाषा प्रयोग गर्ने भन्ने सिद्धान्त हुन्छ l क्लिस्ट शब्द प्रयोग गरे पढ्दैनन् भन्ने सोचिन्छ तर त्यसो हुँदैन l झन्डै आधा दशक देखि यो पंक्तिकारको गरेको परीक्षण र प्रयास बाट के देखियो भने सोध ,खोज तथा अनुसन्धान गरी नेपाली भाषा मात्र प्रयोग गरेका समाचार ,लेख र अन्य सामग्री अझ पाठकले रुचाएको देखियो l जस्को सप्रमाण हामी सँग सुरक्षित छ l

हार्ड ड्राइभलाई नेपालीमा बाह्यध्रुवचालक ,एप लाई नेपालीमा अनुप्रयोग भनिन्छ l सफ्टवेयर लाई तन्त्रांश ,सफ्टवेयर इन्जिनियरलाई तन्त्रांशविधानशास्त्र ,यसै गरी हार्ड वेयरलाई यन्त्रांश तथा हार्डवेयर इन्जिनियरलाई यन्त्रांश अभियन्ता भनिन्छ l यसको प्रयोग गर्नु पर्ने भन्ने है ज्ञान राख्दा केही बिग्रदैन l

कम्प्युटरलाई संगणक ,यसै गरी ल्यापटप लाई अङ्कसङ्गणक भन्ने गरिन्छ तर प्रयोग अत्यन्तै दुर्लब रूपले गरिन्छ l यसै गरी डेस्कटपलाई कार्यपीठिका भन्ने गरिन्छ l यसै गरी मोबाइल फोन लाई भ्रमण ध्वनि यन्त्र भनिन्छ l यसै गरी चेकबुकलाई धनादेशपुस्तक ,मदर बोर्डलाई मुख्यपरिक्रमाधार ,प्रिन्टरलाई मुद्रक ,टाईपिङ्ग लाई टंकन ,फेसनलाई भेषभुसा ,माउसलाई ई-मूषक ,अनलाइन लाई लब्धसम्पर्क भनिन्छ भने अनलाइन सर्विसलाई जालाधारितसेवा भनिन्छ l
यसै गरी ट्याग गर्नु लाई अङ्कन भनिन्छ भने टेलिफोनलाई दूरभाष भनिन्छ l यसै गरी लिंकलाई सम्बन्ध या सिक्री या धर्सो पनि भनिन्छ l यसै गरी अमेरिकामा प्रयोग हुने राउटर लाई प्रेषक भनिन्छ l गियरलाई दाँते भनिन्छ l

यसै सामग्री प्रस्तुत साथ यस्तै कहिले नसुनेका नेपाली शब्दहरू निरन्तर ल्याउने प्रतिबद्धता सहित कुनै अङ्ग्रेजी शब्दको नेपाली शब्द भेटिएन र जान्न चाहेमा कृपया तल दिइएको बिधुतिय पत्र मार्फत पठाउनु सक्नु हुने छ l विश्व को कुनै कुनामा भएता पनि सोध खोज गर्ने अवस्था छ भने यो पंक्तिकारको यहाहरु सबैलाई सहयोग गर्न कोसिस गर्ने छ l यो पंक्तिकार २१ वर्ष देखि निरन्तर बिशुद्ध नेपाली भाषा बोल्ने ,बिशुद्ध लेख्ने र हाल सम्म नेपाली मूलका कुनै पनि नेपाली सँग एक शब्द पनि अङ्ग्रेजी नमिसाई बोल्ने अभियानमा छ l अन्यथा नलिनु होला l

Published on September 5, 2016 at 9:58 pm

Loading...

यसमा तपाइको मत