न्यु ह्याम्सायरमा सामूहिक दर र सार्वजनिक तीज सम्पन्न

विआरटि नेपाल सम्बाददाता, न्यू ह्याम्पसायर ।

अमेरिकाको न्यू ह्याम्पसायर राज्यको म्यान्चेष्टर सहरमा स्थानीय नेपाली नारीहरूले सामूहिक तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन् । “सार्वजनिक तीज सामूहिक दर” नाराका साथ भुटानी समाज न्यू ह्याम्पसायरको आयोजना र महिला मञ्च न्यू ह्याम्पसायरको संयोजन रहेको उक्त कार्यक्रममा न्यू ह्याम्पसायरका विभिन्न सहरहरूमा बसोबास गर्दै गरेका समस्त नेपाली नारीहरूलार्इ खुल्ला निमन्त्रणा गरिएको र अपेक्षित रूपमा नारीहरूको सहभागिता भएको कार्यक्रम संयोजनका एक सदस्य टंक सुवेदीले बताउनु भयो ।

फोटो: सुरज बुढाथोकी

फोटो: सुरज बुढाथोकी

दिउँसो १२ बजेबाट स्थानीय एक सामुदायिक हलमा सुरु भएको उक्त कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेर विभिन्न सार्वजनिक सञ्जालहरूमा आयोजनाका सहयोगी युवाहरूले करिब एक महिनादेखि आब्वान नै गरेका थिए ।
स्थानीय नेपाली युवाहरूको अगुवार्इमा माइतीहरूले विभिन्न सांस्कृतिक नेपाली परिकार तयारी गरी कार्यक्रम हलमा सङ्कलन गरेर सामूहिक दर कार्यक्रममा उपस्थित हुन आएका समस्त नेपाली चेलीहरूलार्इ खुवाउने र साँझ ६ बजेसम्म नाँचगान गरी सामूहिक मनोरञ्जन गर्ने लक्ष हासिल भएको कार्यक्रम संयोजनमा सक्रिए रहनु भएकी चन्दा रार्इले बताउनु भयो ।

न्यू ह्याम्पसायरको राजधानी कन्कर्ड, हुकसेट, सालिम, म्यान्चेष्टर, नासुवा लगायतका सहरहरूबाट निकै बाक्लो सङ्ख्यामा महिला, बालबालिका र पुरुषहरूको उपस्थित रहेको देखिन्थ्यो । २५० जना मानिसहरू आँट्ने हलमा खचाखच उपस्थिति देखिएको उक्त कार्यक्रममा विभिन्न लोक तथा आधुनिक तीज गीतहरूमा एक दर्जन बढी नृत्यहरू प्रस्तुत गरिएका थिए ।

फोटो: सुरज बुढाथोकी

फोटो: सुरज बुढाथोकी

नेपालकी छोरी, तीजको लहर, माइती घर, शीरैमा शीरबन्दी, हरिया चुरा, तीजको रमझम, कर्कलो गाभा, मादल घनघन बजाउँ की, आदि गीतहरूमा सामूहिक तथा युगल नृत्यद्वारा स्थानीय कलाकारहरूले मनोरञ्जन दिएका थिए ।
कार्यक्रम संयोजनमा सक्रिय रहेकी विष्णु खड्काले उक्त सार्वजनिक तीज र सामूहिक दर कार्यक्रम आयोजना गरिनुको लक्षमाथि प्रकाश पार्दै भन्नु भयो, विभिन्न अवसर र चुनौतिहरूलार्इ सामना गर्दै न्यू ह्याम्पसायरमा बसिरहनु भएका समस्त नेपाली चेलीहरूलार्इ नेपाली नारीहरूको पवित्र चाड तीजका अवसरमा एकै स्थलमा भेला भएर माइती नभएकाहरूलार्इ पनि यस तीजमा माइतीको सम्झनामा रूमलिनु नपरोस भनेर भुटानी समाज न्यू ह्याम्पसायरले उक्त सार्वजनिक तीज र सामूहिक दर खाने कार्यक्रमको आयोजना गरेको हो र भुटानी समाज न्यू ह्याम्पसायर अन्तर्गत रहेको महिला मञ्चका तर्फबाट हामीले युवा भाइहरूसँग सहकार्य गरेर संयोजन गरेका हौँ।

उक्त अवसरमा न्यू ह्याम्पसायरमा रहेर सामाजिक रूपमा रचनात्मक सक्रियता देखाउँदै स्वयम सेवाका क्षेत्रमा उहाँहरूले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन तथा कदर गर्दै भुटानी समाज न्यू ह्याम्पसायरका तर्फबाट कार्यकारी निर्देशक टीका आचार्यले कदर पत्रद्वारा प्रशंसा तथा सम्मान गर्नु भएको थियो । सम्मान तथा प्रशंसा हासिल गर्नेमा क्रमशः टंक सुवेदी, सान सुब्बा, दुर्गा सुवेदी, दीपक क्षेत्री, चक्र बुढा, लाल खड्का, सञ्जय महर्जन, र कृष्ण कोइराला रहनु भएको थियो ।

बिच बिचमा पाका महिलाहरूको प्रस्तुतिमा रहेका पौराणिक सङ्गिनी नाँच, ससाना नानीहरूको सामूहिक नाँच, वयस्क महिलाहरूको सामूहिक नृत्य लगायतका प्रस्तुतिहरूले हलको वातावरण पुरै रोमान्समा बदलिएको सहभागीहरूले बताएका थिए । NH Teej 2016 (6)

सयौँ महिलाहरू एकैसाथ नाँचेको दृश्यले धेरै मानिसहरूलार्इ आकर्षित तुल्याएको देखिन्थ्यो । दर्शक दिर्घामा रहनु भएका राजधानी कन्कर्डबाट आउनु भएका एक जना सहभागी, वेदनिधी पोखरेलले भन्नु भयो, “यसरी सामूहिक र सावर्जनिक तीज, दसैँ, तिहारका कार्यक्रम गर्दा आपसी सदभाव र मित्रता बढ्नुका साथै हाम्रा सांस्कृतिक धरोहरका कार्जेक्रमबाट नव सन्ततीहरूले पनि हाम्रो संस्कार र रितिरिवाज सिक्न पाउने रहेछन् ।” धेरै सहभागीहरूले यति ठुलो तीजको कार्यक्रम जीवनमा पहिलो पटक देखेको र दसैँ, तिहार लगायतका सार्वजनिक कार्यक्रमहरू पनि यस्तै भव्य रूपमा मनाइनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अनुदान सहयोग दिने क्याफे मम, नमस्ते नेपाल, देवी तिम्सिना प्रतिष्ठान, खाना ल्याएर सहयोग गर्ने युवाहरू, हल र साउण्ड सिस्टम मिलाइदिने प्रायोजकहरू, यातायातको सहायता दिने स्वयम सेवकहरू र उपस्थित सबैलार्इ मन्तव्यमार्फत राधिका आचार्य मिश्रले आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमलार्इ आयोजकका तर्फबाट भुटानी सामाज न्यू ह्याम्पसायरका कार्यकारी निर्देशक टीका आचार्यले सम्बोधन गर्नु भएको थियो भने कोलोराडोबाट बसार्इ सरेर न्यू ह्याम्पसायर आउनु भएकी टीका शिवाकोटी रिजालले सञ्चालन गर्नु भएको थियो ।

NH Teej 2016 (4) NH Teej 2016 (3) NH Teej 2016 (2)

Published on September 5, 2016 at 6:24 pm

Loading...

यसमा तपाइको मत