रातो पाण्डाको छाला सहित सिंह पक्राउ

दिनेश ठाकुर- नेपालगञ्ज २० भदौं

बाँकेमा दुर्लभ वन्यजन्तु रातो पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । कोहलपुरबाट खटिएको विशेष टोलीले एउटा रातो पाण्डाको छालासहित जाजरकोट गर्खाकोट–५ का २२ वर्षिय सुदीप सिंहलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक शुरेश प्रसाद काफ्लेका अनुसार जाजरकोटको हिमाली क्षेत्रबाट ल्याईएको रातो पाण्डाको छाला विक्रिका लागि सिंहले ग्राहक खोजिरहेका थिए ।

प्रहरी नायब उपरीक्षक सिंहले भने,‘ हामीले लामो समयदेखि पछ्याईरहेका थियौं । विशेष टोली खटाएर ‘हनी ट्रयाप’ (खरिदकर्ता बनेर पक्राउ गर्ने ) मा पार्न सफल भयौं ।

पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि वन कार्यालयको जिम्मा लगाईएको छ ।

Published on September 5, 2016 at 5:54 am

Loading...

यसमा तपाइको मत