ज्योति मगरले यूएईका नेपालीहरूलाई छमछमी नचाइन्

मान बहादुर केसी ’मुस्कान’, यूएई

हिन्दु नारीहरूको महान् चाड हरीतालीका तिजको अवसरमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल-खैमा क्षेत्रीय समितिले आयोजना गरेको ’नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएईका उपाध्यक्ष गोपी कृष्ण पङ्गेनीको सभापतित्व तथा युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अथितीहरुमा एनआरएन युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासङ्घ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइराला, नेपाली सोसल क्लबका अध्यक्ष सालिक सुबेदी, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायत झन्डै १ हजार भन्दा बढी दर्शकहरूको भिडले खचाखच भरिएको हलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरू चर्चित गायक नवीन पौडेल, चर्चित गायिका तथा मोडेल ज्योति मगर, गायिका गङ्गा धर्ती मगर सँगै गोपी कृष्ण पङ्गेनी र युएईमा कार्यरत प्रशान्त पौडेल, सूर्य बहादुर बोहोरा, अर्जुन हान्छुवा, क्षितिज चिन्तन, दीपक गुरुङ, भावना ढकाल लगायत दर्जनौ कलाकारहरूले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायक नवीन पौडेलले दु:खका दिन गए, राजनीतिमा पैसा रैछ, हरेक जातजाती छौ नानाथरी जस्ता आधा दर्जन गीतहरू गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिँदै स्टेजबाट तल झरेर विशेष महिला दिदीबहिनीहरुलाई छमछमी नचाएका थिए । त्यस्तै गायिका गङ्गा धर्ती मगरले तीजको शुभकामना गीत गाएर दर्शकको ध्यान आफू तिर खिचेकी थिन । भने गोपी कृष्ण पङ्गेनीले मायाले मन बराल्छ गीत गाउदै स्टेजको माहोल निकै तताएका थिए ।

उक्त कार्यक्रमको मुख्य आकर्षण रहेकी पछिल्लो समय स्टेज कार्यक्रमहरूमा छोटा कपडा लगाएर उत्तेजित हर्कत देखाउदै आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी गायिका तथा मोडेल ज्योति मगरको नाम लिने बित्तिकै पुरै हल सिटीले गुन्जिएको थियो, ज्योति मगरले आफ्नै अन्दाजमा उफ्री उफ्री नृत्य गर्दै पिरतिमा दम छ, जिम्माल बाउ कि छोरी, उई मुलाको सिन्की उई मुलाको चाना जस्ता आधा दर्जन गीत गाउदा उपस्थित युवाहरू त्यसै चुप लागि बस्न सकेनन् स्टेज अघाडी आएर कोही उत्तेजित हुँदै छमछमी नाच्दै थिए भने कोही सिटि बजाउदै आ-आफ्नो मोबाइलमा तस्बिर र भिडियोहरु खिच्दै रमाइलो गर्दै थिए ।

उक्त ’नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रममा युईमा रहेर नेपाली समाजमा योगदान दिनुहुने विभिन्न संस्था तथा व्यक्तिहरूलाई प्रमाणपत्र तथा मायाको चिनोको (मोमेन्टो) साथमा दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो ।
j1
सम्मानित हुने ब्यक्तित्वहरुमा युएईमा रहेर नेपालमा कम्प्युटर शिक्षा अभियान चलाउने समाजसेवी भुवन गुरुङ, एनआरएन युएईकी महिला संयोजक कल्पना राई, देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’, मोफसलमा बसेर लामो समय पत्रकारिता गर्नुहुने समाजसेवी डिल्ली प्रसाद आचार्य, तथा सिरियाबाट नेपाली चेलीलाई उद्धार गर्न सफल पत्रकार मनोज श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई सम्मान गर्नको लागि आयोजकले नेपालबाट निम्ता गरेका थिए ।

त्यसै गरी संस्थागत रूपमा सम्मानित हुने संस्थाहरूमा नेपाली समाज युएई र आशा फाउन्डेसन रहेका छन् । नेपाली समाज युएई सन १९९० मा स्थापित युएईमा नेपालीहरूको सबैभन्दा पुरानो संस्था हो । नेपाली समाजको तर्फबाट नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले उक्त सम्मान ग्रहण गरेका थिए ।

j3

 

ब्याबस्थापनमा केही तालमेल नमिलेर निर्धारित समय भन्दा लगभग ३ घण्टा ढिलो सुरु भएर मन्द गतिमा अघाडि बढेको सो कार्यक्रमले साँझ ६ बजे पछि आशिष् पुरुष र बिना कुँवरको जोडीले संयुक्त रूपमा सञ्चालन गर्दा भने आफ्नो स्वरूप परिवर्तन गरेको थियो । उपस्थित सबै’ नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रमको अवसर पारेर यसरी भेटघाट गरी नाच्न र गाउँनु पाउँदा निकै उत्साहित देखिएका थिए ।

Published on September 4, 2016 at 5:42 pm

Loading...

यसमा तपाइको मत