जब समाचार लेख्दा मलाई गोली हानियो

- पदम ठकुराठी

Published on September 4, 2016 at 5:08 pm

padam Thakurali

पञ्चायती व्यवस्थामा दुईथरी मानिस थिए, एउटा उदारवादी पञ्चायती व्यवस्था हुनुपर्छ भन्ने अर्को पञ्चायती व्यवस्थालाई अझ कडा गर्नुपर्छ भन्ने । म पञ्चायती व्यवस्थालाई प्रजातान्त्रीकरण गर्दै लैजानुपर्छ भन्ने मान्यता राख्थे । मैले ०३६ सालदेखि नै उदारवादी पञ्चायती व्यवस्थाको धारणा राख्दै आएको थिए । ०३७ सालमा जनमतसंग्रह भयो तर षड्यन्त्रपूर्वक सुधारवादी विचार राख्नेको हार हुन पुग्यो ।

जनमत सङ्ग्रहपछि ०३८ सालमा भएको निर्वाचनमा कञ्चनपुरबाट मैले उम्मेदवारी दिए“ । तर, मलाई सरकारी क्यान्डिनेट नै खडा गरेर हराइयो । जनमत सङ्ग्रहपछि उदारवादी विचार राख्नेलाई हरेक किसिमका अवसरबाट लखेट्ने काम भयो । अनुदारवादी विचार राख्नेहरू पुरस्कृत हुँदै जान थाले ।

पत्रिका छाप्ने निर्णय
निकै लखेटिन थालेपछि उदारवादी मत राख्नेबीच एक दिन भेला आयोजना गरियो । युवा पञ्च भेलाका संयोजक जनार्दन आचार्यले आफ्नै निवासमा डिनरको आयोजना गरे । त्यहा“ अनुदारवादी विचार राख्ने (भूमिगत गिरोह) विरुद्ध जान पत्रिका छाप्ने निर्णय भयो ।

जनार्दनले मलाई पत्रिकाको सम्पादकको रूपमा काम गर्न आग्रह गरे । तर, मैले भने“, ‘मैले पत्रकारिता पढेको पनि छैन, पत्रकारिता गरेको पनि छैन । सम्पादकका रूपमा काम गर्न गाह्रो हुन्छ ।’ तर, ‘हाम्रो समूहमा तपाईंजत्तिको चर्चित मान्छे अरू कोही छैन’ भनेर जनार्दनले पुनः आग्रह गरेपछि म सहमत भए“ । पत्रिकाको नाम साप्ताहिक मञ्च राख्ने निर्णय गरियो ।

पत्रिका दर्ता गर्न फारम खुलेको समयलाई सदुपयोग गरियो । दर्ता भयो, वैकुण्ठनारायण प्रधानको नाममा । हरेक शुक्रवार प्रकाशित गर्न थालियो । पत्रिका चलाउन हामी सातजनाले मासिक १४÷१४ हजार रुपैयाँ“ उठाउने निर्णय गरेका थियौ । स्थापित हुँंदै गएपछि विज्ञापनबाट खर्च धान्न सकिएला भन्ने आशा थियो ।

पत्रिका प्रकाशित गर्ने भनेपछि उद्धवदेव भट्टले राम्रो सुझाव दिए । पत्रिका चलाउन राम्रा लेखकलाई मात्र लेखाउन भन्नुभयो । साहित्य, राजनीतिक, कूटनीति, खेदकुद, धर्म, परराष्ट्रका लेख राख्न भन्नुभयो । सोही सुझावअनुसार साहित्यमा ध्रुबचन्द्र गौतम, कलामा नारायणबहादुर सिंह, धर्ममा खेमराज केशवशरण, खेदकुदमा नरेश अधिकारी, विश्व सम्बन्धमा ध्रुबहरि अधिकारीलाई साप्ताहिक रूपमा लेख्ने आग्रह गरियो । पारिश्रमिकबापत एउटा लेखको एक सय रुपैयाँ“ दिने निर्णय गरेका थियौ“ ।

सनसनीपूर्ण समाचारसहित लेख राखेर पहिलो अंक निकालियो । धेरै प्रचार नगरे पनि पहिलो अंक नै दुई हजार प्रति छाप्यौ“, सबै बिक्री भयो । त्यसवेला नेपाली पत्रिका पढ्ने अधिक चलन थिएन । धेरैजसो पाठक भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डिया, दिनमान पढ्थे ।

केही अंक छापिएपछि वैकुण्ठनारायण प्रधानको नाम लिईदै विशेष प्रहरी उहाँको घरमै पुगेछ । प्रधानले आफैले ‘उहाँ त बाहिर जानुभएको छ’ भन्दै झुक्याएछन् । प्रहरी गएपछि उनी पत्रिकाको कार्यालयमा आए । हामीले वैकुण्ठलाई लुक्न सल्लाह दियौं ।

पत्रकारलाई नै पक्राउ गर्न खोजेपछि प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दस“ग कुरा गर्न गयौ“ । चन्दले भन्नुभयो, ‘यसरी पत्रकारलाई प्रहरीले थुन्ने भन्ने हुन सक्दैन ।’ उहाँले प्रहरीसंग आफैँ कुरा गर्ने आश्वासन पनि दिनुभयो ।

त्यसवेला विशेष प्रहरी प्रमुख ललीत बम थिए, प्रधानमन्त्रीले ललीत बमलाई आफ्नै कार्यकक्षमा बोलाउनुभयो । ‘पत्रकारलाई किन थुन्न लागेको, थुन्न मिल्दैन’ भन्नुभयो । तर, बमले मानेनन्, ‘तपार्इंले भनेर ह“ुदैन । तिनलाई थुनेर छाड्छु ।’ प्रधानमन्त्री निरीह जस्तै हुनुभयो ।

सम्पादकबाट राजीनामा
प्रहरीले धेरै खोज्न थालेपछि वैकुण्ठनारायणले धीरेन्द्र शाहका सहयोगी भरत गुरुङलाई फोन गरेर सबै कुरा मिलाएछन् । भरत गुरुङले ‘पत्रिकाको सम्पादकबाट पदम ठकुराठीलाई हटाउनू’ भनेछन् । वैकुण्ठ पत्रिकाको कार्यालयमा आए र मलाई भने, ‘तपाईँले सम्पादकबाट एक हप्ताभित्र राजीनामा दिनुपर्यो, म आफै हुन्छु ।’

वैकुण्डको यस्तो उत्तर सुनेपछि म चकित भए“ । मैले भने“, ‘तपार्इंले मलाई सम्पादक बनाएको पनि होइन, मलाई सातजनाले बनाएका हुन्, उनीहरूले हट् भनेपछि मात्र राजीनामा दिन्छु ।’ वैकुण्ठले सिडिओ कार्यालयमा उजुरी दिन्छु भनेपछि मैले पत्रिका छाडे“ ।

पत्रकारिताको नशा लागिसकेको थियो । त्यसैले यसलाई निरन्तरता दिने निर्णय गरे“ । शिवकुमार खड्काले जनज्योति साप्ताहिक दर्ता गरेका थिए । उनलाई मासिक तीन हजार दिएपछि चलाउन दिए । हप्तामा सात हजार प्रति छापिन्थ्यो ।

हरेक हप्ता एउटा अन्तर्वार्ता प्रकाशित हुन्थ्यो । सुरुसुरुमा म आफ“ै लिन्थे“ । बिस्तारै हरिहर विरहीले लिन थाले । एक दिन विरहीले योगी नरहरिनाथको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा नरहरिनाथले ‘छाता ओढ्नेले आफै“ ओढ्नुपर्छ’ भनेर राजारानीलाई इंगित गरेछन् । अन्तर्वार्तालाई लिएर अदालतमा मुद्दा चल्यो । फैसलामा योगी नरहरिनाथलाई देशनिकाला गर्न भनियो, हरिहर विरहीलाई थुनियो । खड्का भागेर तराईतिर गए । केही समयपछि उनले पत्रिका चलाउन नसक्ने बताए । चलाउने भए अर्को खोज्नुहोस् भने मलाई ।

त्यसवेला नयाँ पत्रिका दर्ता गर्न गाह्रो थियो । त्यसैले दर्ता भएका खोज्नुपथ्र्यो । भक्तपुरका बलदेव थापाले नेपाली आवाज चलाउ“थिए । महिनाको तीन हजार दिएपछि उनले पत्रिका चलाउन दिए । केही समय प्रकाशित गरे“ । तर, एकजनाले धेरै पैसामा किन्छु भनेपछि प्रकाशकले बेच्ने निर्णय गरे । फेरि अर्को पत्रिका खोज्नुपर्ने अवस्था आयो ।

गजुर चोरी प्रयासको समाचार
पत्रिका खोज्ने क्रम फेरि चल्यो । मोहन कटुवालको नाममा साप्ताहिक विमर्श थियो । उनले एकदमै कठिनाइसहित चलाएका थिए । सञ्चालन गर्न गाह्रो भएपछि अधिवक्ता भरत जंगमले उक्त पत्रिका किने । तर, जंगमले पनि चलाउन नसकेपछि उनले मलाई जिम्मा लिई सञ्चालन गर्न अनुरोध गरे । म सहमत भए, आफ्नो टिमसहित आएर चलाउन । विमर्शमा पनि अनुदारवादी पञ्यायतले गरेका नराम्रा समाचार आउन थाल्यो । पत्रिकाले एक किसिमले बजार पिट्दै गयो ।

एक दिन भूपतीन्द्र मल्लले बनाएको भक्तपुर दरबारको मन्दिरको गजुर चोर्न लुटेराहरू मध्यराति १२ बजे क्रेनसहित गएछन् । मन्दिरको गजुर क्रेनले निकाल्न लागेको स्थानीयवासीले थाहा पाए, प्रहरीलाई खबर गरे । नजिकैको प्रहरी चौकीका डिएसपी रूपक शर्माले खबर पाउनेबित्तिकै लुटेराहरूलाई पक्रेर सोधेछन्, ‘तिमीहरूले के गर्न लागेको रु कसले पठाएको हो ?’

क्रेनवालाले ‘ज्ञानेन्द्र सरकारले पठाएर आएका हौ“ । दिउसै आउने कुरा थियो तर क्रेन खाली नभएपछि यतिवेला आएका हौ“ ।’ भन्ने जवाफ दिएछन् । रूपक शर्माले ‘तिमीहरूसंग कुनै कागजपत्र छ’ भनी प्रश्न गरेछन् । क्रेन लिएर आएकाहरूले ‘हामी सरकारको मौखिक आदेशको भरमा आएका हौ“’ भन्ने जवाफ फर्काएछन् । ‘मौखिक आदेशको भरमा राति क्रेन चलाउन दिन्न’ भन्ने अड्डी लिएछन् डिएसपी रूपकले ।

बिहानै शर्माले मलाई घटनाको विस्तृत जानकारी दिए । त्यसको भोलिपल्ट ज्ञानेन्द्रको नाम उल्लेख गरी पहिलो पृष्ठमा समाचार छापियो । पत्रिका बजारमा आएपछि सनसनी मच्चियो । शर्मालाई सर्लाही सरुवा गरियो । सरुवा भएको जानकारी पाएपछि मैले शर्मालाई फोन गरे“, माफी माग“े । उनले ‘पुराताŒिवक वस्तु जोगाउन पाएकोमा खुसी भएको’ बताए ।

धीरेन्द्र शाहको धनगढीमा लक्ष्मी कथ्था उद्योग थियो । खयरको रुखबाट कथ्था निकाल्ने गरिन्थ्यो । खयरको रुख पगालेर बिस्कुट बनाई विदेश पठाउने गरिन्थ्यो । उद्योगमा मैले चिनेका डडेल्धुराका एक जना कामदार काम गर्थे । उनले फोन गरेर ‘खयरको बिस्कुटभित्र सुन राखिन्छ’ भन्ने सूचना दिए । काठमाडौँबाट सुनका बिस्कुट धनगढी पु¥याइ“दो रहेछ । त्यो सुनबाहिर खयरको जलप लगाई भारतको कानपुर पुर्याइदो रहेछ ।
मैले उक्त समाचार लेखे“ । समाचार छापिएपछि भन्सारमा कडाइका साथ चेकिङ गरिएछ । समाचार छापिएपछि ती तस्करलाई ठुलो क्षति भयो ।

मेरो हत्याको योजना
एक दिन म राजभाइ श्रेष्ठको घरमा खाना खाँदै थिएँ । त्यही वेला धीरेन्द्र शाहका एडिसी भरत गुरुङको फोन आयो । गुरुङले भने, ‘तपार्इंसँग मालिक सारै रिसाइबक्सेछ ।’ मैले जवाफ दिए“, ‘त“ रिसाएको हो कि तेरो मालिक ? तेरो मालिक रिसाएको भए उसले फोन गर्नुपर्ने हो ।’ फोनमा बाझाबाझ भएपछि गुरुङले घर गएर फेरि फोन गर्छु भने ।

बेलुका ४ बजेतिर उनको फोन आयो । उनले प्रलोभन देखाए, ‘तपाईँले पत्रकारिता छोड्नुप¥यो, एक करोड रुपैयाँसहित प्रतिष्ठित पद मिलाइदिन्छु ।’ म त्यसवेला ३८/३९ वर्षको थिए“, पैसाको त्यति पर्बाह पनि थिएन । ‘मैले हानेको गोली ठिक ठाउँ“मा लागेको रहेछ, पत्रकारिता छोड्दिन’ भनिदिए । गुरुङले रातभर राम्रोसं ग सोचेर जवाफ दिनु भने । मैले भने“, ‘पदम पैसाको नाममा किनबेच हुने वस्तु होइन, प्रलोभनका लागि कष्ट नगर ।’

त्यसको ठिक एक महिनापछि अमेरिकाको लसएन्जलसमा ओलम्पिक खेल हुँदै थियो । खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाह, संरक्षकका रूपमा धीरेन्द्र शाह, उनका एडिसी भरत गुरुङ र खेलाडी जगत गौचन जाने भए । उनीहरूले फुटबलभित्र हेरोइन हालेर लगेका रहेछन् । अमेरिका पुगेपछि अध्यागमन विभागमा कुकुरले त्यो पत्ता लगायो । अध्यागमनमा अमेरिकाको स्थानीय पत्रिकाका स्तम्भकार रहेछन् ।

हेरोइन फेला परेपछि शरदचन्द्र शाहलाई प्रहरीले पक्राउ गरेको समाचार पत्रिकामा आएछ । त्यो अमेरिकामा बस्ने नेपाली पाठकले मलाई फ्याक्स गरे । मैले त्यो समाचार पहिलो पृष्ठमै छापेँ । धीरेन्द्रले तत्कालीन अमेरिकी राजदूत विश्व प्रधानलाई फोन गरेर शरदचन्द्रलाई छुटाउन दबाब दिए । राजदूतको पहलमा शरदचन्द्रलाई अमेरिकामा छोडियो ।

नेपालमा उक्त समाचार आएपछि मेरो विषयलाई लिएर बैठक बसेछ, मलाई मार्ने योजना बनाइएछ । धीरेन्द्रका एडिसी भरत गुरुङले मलाई मार्र्न जति पनि पैसा दिने आश्वासन दिएछन् जगत गौचनलाई ।

भरत गुरुङले आफू नेपाल आउनुअघि नै मलाई मार्न निर्देशन दिएछन् । त्यसवेलासम्म जगत गौचनसँग मेरो प्रत्यक्ष भेटघाट भएको थिएन । उनले मेरो नाम मात्र सुनेका रहेछन् । आफैँ मार्दा जेल परिन्छ भनेर मलाई मार्न अरू नै खोजेछन् ।

खोज्दै जादा स्याङ्जाका विकास गुरुङ भेटेछन् । ऊ हत्या अभियोगमा चारखाल जेलमा रहेछ । विकास गुरुङलाई छुटाउन चिया हाल्ने थर्मसमा चियासँगै फलाम काट्ने ह्याक्सो राखेर भित्र पु¥याइएछ । त्यही ह्याक्सोले जेलको ग्रिल काटेर विकास गुरुङ जेलबाट निस्केछ ।

गौचनको भाइ टंकले विकासलाई भेटेर मलाई मार्न उक्साएछ । विकासले आफ्नो मुद्दा जिताए मार्छु भनेछ । जगत गौचनले धीरेन्द्र शाहसँग भेट गराएपछि विकास तयार भएछ । मलाई मार्न विकासलाई पहिला खुकुरी दिएछ । विकासले पिस्तोल नभई मार्न नसक्ने बताएपछि तत्कालीन प्रहरी आइजिपी नरशमशेरको छोरा प्रदीप शमशेरलाई भनिएछ । प्रदीपले नरशमशेरको पिस्तोल चोरेर जगत गौचनलाई दिएछ । गौचनले विकासलाई हात्तीवनमा पिस्तोल हान्न सिकाएछ ।

अन्ततः गोली हानियो
एक दिन दिउसो ३ बजेतिर घरमा फोन आएछ । हामी कञ्चनपुरबाट डेलिगेसन आएको, समाचार दिनु छ भनेछ फोन गर्नेले । उनीहरूले घरको ठेगाना मागेछन्, भोलि बिहानै आऊ“छौँ भनेछन् । कञ्चनपुरबाट मान्छे आउने खबर पाएपछि भोलिपल्ट बिहानभर कुरेर बसेँ । नआएपछि अफिसतिर हिँडेँ । दिउँसो ३ बजेतिर ती आएछन् । बिहान मन्त्रीले समय दिएकाले आउन नपाएको भनेछन् । कञ्चनपुरबाट आएको भनेपछि मेरी सालीले चिया बनाएर दिइछन् ।

०४३ भदौ २० तिजको अघिल्लो दिन थियो । एक जना इन्जिनियरको घरमा दर खाने कार्यक्रम थियो । श्रीमती, छोराछोरीसहित गए“ । दर खाएर घरमा आयौँ । राति सुतेका वेला झ्यालको जाली काटेर हात भित्र घुसाएछन् । मस्त निन्द्रामा मैले केही पनि थाहा पाइन“ । हात भित्र घुसाएर मेरो टाउकोमा गोली हानेछन् । गोली लागेपछि म बेहोस भएछु । साइलेन्स राखेकाले होला गोली हान्दा सानो आवाज मात्र आएछ ।

त्यस दिन श्रीमती अर्को कोठामा सुतेकी थिइन् । ड्याम्म गरेको आवाज सुनेपछि श्रीमतीलाई टेलिभिजन पट्कियो भन्ने लागेछ । जुरुक्क उठेर मेरो कोठामा आऊ“दा मेरो पुरै शरीर रगतले लतपतिएको पाइछिन् । तुरुन्तै सूर्यबहादुर थापा, मेरा साथीहरू र मेरा ज्वाइँलाई फोन गरिछन् । छिमेकीको सहयोगमा वीर अस्पताल पु¥याइछन् । सूर्यबहादुर थापाले तत्कालै स्वास्थ्यमन्त्रीलाई फोन गरेछन् । स्वास्थ्यमन्त्रीले राति नै वीरका चिकित्सकलाई पठाएछन् । मेरो टाउकोमा भएको गोली निकालियो । ३५ दिनपछि होस आयो ।

padam Thaku

हामीले मुद्दा दायर गर्‍यौँ, तर १० महिनापछि पनि मुद्दा अगाडि बढेन । अति भएपछि एक उच्च प्रहरीलाई भेटेँ । तिनले अपराधी पत्ता नलागेकाले मुद्दा मुल्तबीमा जान सक्ने बताए । स्वर्गीय वीरेन्द्र शाहलाई घटनाको विषयमा जानकारी गराउन गए , भेट्न सकिएन । उनी दिपायलको सवारीमा निस्कन लागेका रहेछन् ।

श्रीमतीसहित म काठमाडौँबाट नेपालगन्ज हुँदै दिपायल पुगेँ । भेट्ने मौका मिल्यो । राजाले हार्दिकतापूर्वक स्वास्थ्यको जानकारी लिए । घटनामा संलग्न दोषीलाई कारबाही हुने आश्वासन दिए । उपचारको सबै खर्च सरकारले व्यहोर्ने बताए ।

राजालाई भेटेपछि छानबिन अघि बढ्यो । दोषीहरू सबैलाई कारबाही भयो । दोषीहरूलाई कसुरअनुसार ६ महिनादेखि १४ वर्षसम्म कैद भयो । घटनापछि नियमित पत्रकारिता क्षेत्रमा फर्किन त सकिनँ तथापि पत्रपत्रिकामा लेख्ने काम भने निरन्तर भइरह्यो ।

प्रस्तुति:- वीरेन्द्र ओली नयांपत्रिका

Loading...

यसमा तपाइको मत