गायक सत्यराजले छोराको दोस्रो जन्मदिनको अवसरमा तेस्रो गजल वर्ल्ड प्रिमियर गर्दै
Loading...

काठमान्डौं ।

Published on September 4, 2016 at 3:32 pm

satya raj a

गायक,सङ्गीतकार तथा गजलकार सत्यराज आचार्यले आफ्नो महत्वाकांक्षी एकल गजल एल्बम “मधुशाला” बाट तेस्रो गजल “आज एउटा खाम देखेँ, त्यहाँ तिम्रो नाम देखेँ” को म्युजिक भिडियो भोलि अर्थात् भदौ २० गते आफ्नो छोरा सङ्गीतराज आचार्यको दोस्रो जन्मदिनको अवसर पारेर सम्पूर्ण टेलिभिजन,अनलाइन, फेसबुक र यु ट्युबबाट वर्ल्ड प्रिमियर गर्दैछन् ।

satyaraj family

यो भिडियो बेलायतको लण्डन र स्कटल्याण्डमा खिचिएको हो । यसको निर्देशन, छायाङ्कन र सम्पादन स्कटल्याण्ड निवासी दिपेश रेग्मीले गर्नु भएको छ र यसमा सत्यराज लगायत निश्चल कार्की र प्रिथा भण्डारीले अभिनय गरेका छन् । गजल इतिहासमै पहिलो पटक एकल स्रष्टा सत्यराज आचार्यद्धारा लेखन, सङ्गीत र गायन गरिएको एतिहासिक गजल एल्बम मधुशालाबाट यस अघि दुईवटा गजलहरु ‘काली’ र ‘मधुशाला’ सार्वजनिक भई सकेका छन् र श्रोता/दर्शकको मन मष्तिस्कमा डेरा जमाई सकेका छन् ।

satya son

Loading...

यसमा तपाइको मत