हरितालीका तीज २०१६

गीता खत्री, न्यु योर्क ।

जीवन दुख र सुखको संगम हो । दुख र सुख एउटा सिक्काको दुई पाटा जस्ता रहेछन् । कहिले टाउको माथि पर्ने कहिले पुच्छर । जीवनपनि कहिले सुखले रमाइलो, कहिले दुखले पिरलो ।

हिन्दु परम्परामा कामैकामको बोझबाट मुिक्त र पुर्नताजगीका निमित्त समय समयमा चाडपर्बको व्यवस्था गरिएको छ । कामको थिचाइमा पसिना पुसेर केही बिश्राम लिने समयमा पनि अब आउने यो चाड अनि त्यो पर्वमा त मज्जाले रमाइलो गर्नु पर्छ, आराम गर्नु पर्छ । साथै यो गरौला र त्यो गरौला भनेर योजना बनाइ रहेको हुन्छ मान्छेले । यतिबेला हामी त्यही पर्खाइको मुखैमा आइपुगेर दुख, पिडा र पसिनालाई रमाइलो गर्ने मुडमा छौँ । वर्ष दिनमा एक पटक आउने महिलाहरूले मन पराउने हरितालिका तीजको संघारमा उभिएका छौँ ।

Teej NY13

सुखको चाहना बोकी सुखले होस वा बाध्यताले विदेश पसेका नेपालीहरू आफ्नो परम्परा, रितिस्थिति तथा चाडपर्बहरुबाट कहिल्यै टाढिएन । बरु समयको अन्तरालसंगै झनझन नजिकीन थाले । कामको थिचाइको कुरा गर्दा स्वदेशमा भन्दा विदेशमा बढी छ, स्वदेशमा शारीरिक कष्ट अलि बढी होला भने विदेशमा मानसिक रूपमा बढी कष्टदायक छ । तर यसलाई सबैले सहजै ग्रहण गर्ने गरेका छन् र गर्न सक्नु नै जीवनलाई समय अनुकूल मिलाउन सक्ने मानवीय गुण हो ।

संसारभर फैलिएर रहेका नेपाली आमा दिदिबहिनीहरुले २०१६ सालको हरितालिका तीज पर्व भव्य तथा धुमधामसंग मनाइरहेको खबर सामाजिक सञ्जालभरि छ्याप्छ्याप्ती आएका छन् । अमेरिकामा बस्नेहरु पनि के कम थिए र । सहरै पिच्छे तीजको कार्यक्रमहरू भइरहेका छन् । त्यसमा पनि महिनौ अगाडि देखि ।

न्यु योर्क सहरभित्रै पांचवटा तीजको कार्यक्रमहरू भए । सकेसम्म एउटै दिन र समयमा नपरोस भन्ने चाहना सबैको थियो । यसो भन्दाभन्दै पनि समयले कहिलेकांही चिताएको कुरा पुग्न दिदैन । जुध्न पुगी हाल्छ । कहिलेकाही एउटा ज्यान दुईतिर बाडिनु पर्ने अवस्था पनि आउँछ तर सबैलाई यस्तो अवस्था आउदैन । विदेशमा नेपालीको सङ्ख्या धेरै भइसकेको आजको अवस्थामा एकै समयमा तीनचारतिर कार्यक्रम भएर सहभागीहरुको सङ्ख्यामा कमी आउनेवाला पनि छैन । रमाइलो र मनोरन्जन सबैले गर्नु पर्छ । सबै मान्छे एकै ठाउँमा अटाउन पनि सकिन्न । जब नेपालीहरू यहाँ परिपक्क हुन्छन्, एक ढिक्का भएर काम ग¥यो भने कसैले पनि हेप्न सक्दैनन, कसैलाई पनि दुख हुँदैन भन्ने कुराको महसुस हुन्छ, त्यतीबेला सबै एकै ठाउँमा भेला भइहाल्नेछन् । समय र व्यवहारले मान्छेलाई परिपक्व र पाको गराउनेछ ।teej NY1

न्यु योर्क सहरभित्रै आफ्ना दिदिबहिनीहरुले आयोजना गरेको सबैजसो कार्यक्रमहरूमा सहभागी बन्न सकेँ रिजउड नेपाली समाज बाहेक । त्यो दिन म घरबाट अलि टाढै भएकोले रिजउड जान सकिन । प्रत्येक साल म पुग्थे त्यहाँ । यसपालि सामेल हुन नसकेकामा मलाई दुख लागिरहेको छ । माफी पनि माग्न चाहन्छु ।

नेपाली धर्म, संस्कृति र परम्परालाई जोगाउन भनौ वा अझ यसको विकास तथा सम्बृद्धिका लागि आप्रवासमा बस्ने नेपाली दाजुभाइ दिदिबहिनीहरुले आआप्mनो क्षेत्रबाट अथक प्रयास गरिनै रहेका छन् । यसका लागि आयोजक सबै दिदिबहिनी दाजुभाइहरु धन्यवादका पात्र हुनुहुन्छ । सम्झनाका लागि सबै कार्यक्रमहरूको केही तस्बिरहरू यहाँ प्रस्तुत गरेकी छु ।

Teej NY7 Teej NY6 Teej NY5 teej NY4 Teej NY3 Teej ny2 Teej NY11 Teej Ny9 Teej NY10

Published on September 4, 2016 at 12:58 pm

Loading...

यसमा तपाइको मत