भाग्यले बाँचेका यी “पराजुली बा”

नवराज बजगाई

यो दुनियामा केही पनि स्थायी छैन, यहाँसम्म कि दुःख पनि । चार्ली चाप्लिनका यी भनाई सिद्ध भएको छ झापाको शनिश्चरेमा ८० वर्षको उमेरमा पनि फोहरको डंगुरमा बसेर जीवन बिताइरहका बेसहारा यी वृद्धका लागि ।

न कुनै साहारा, न त खाने बस्नेको ठेगान न कुनै परिचय नै । लगभग ८० उमेरको ज्यान हड्डी र छाला बाहेक केही नभएको खाली शरीर फोहरको डंगुरमा घिस्रिदैको जीवन कसैको पनि कल्पनामा नभएको विषय हो । यस्तै पीडामा अभागी बनेर बाँचीरहेका बेपरिचित, बेघरबार (पछि हामीले राखेको नाम) ठुला पराजुलीलाई साध्य बनेको छ । चाणक्यको “भाग्यले उसैलाई साथ दिन्छ जो जस्तो सुकै सङ्कटमा पनि बाँचिरहन्छ” यो भनाई । सन्दर्भ केही दिन अघि हामीले झापाको शनिश्चरेबाट उद्धार गरेका ती वृद्ध बाको हो ।

FB_IMG_1472999730690

प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक सिन्धुलीमा सकाएर झापाका पत्रकार तीर्थ सिग्देलद्वारा लिखित “जीवनको गति”को विमोचन र विनाशकारी भूकम्पले दिएको पीडा र त्यो पीडाबाट बचेका केही प्रतिनिधि पात्रको कथावस्तुमा पत्रकार गणेश पाण्डेले बनाउनु भएको वृत्तचित्र “भाग्यले बाँचेकाहरु” (जुन वृत्तचित्र विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ र दर्जनौं अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेको छ) को प्रदर्शनिको लागि हामी झापाको बिर्तामोड पुगेका थियौँ । दिउँसो सो कार्यक्रम भएका कारण हामी नेपाल कम्युनिस्ट आन्दोलनको (चर्चित स्थल जहाँ ५ जना प्रमुख अगुवाहरुले सहादत प्राप्त गरेका थिए । २०२९ फाल्गुण २१ गते झापा विद्रोहको क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईँकेल, विरेन राजवंशी र नारायण श्रेष्ठले सहादत प्राप्त गरेको ) स्थान झापाको सुखानी जाँदै थियौँ । त्यही क्रममा अग्रज पत्रकार भाग्यले बाँचेकाहरु डक्युमेण्ट्रीका निर्देशक गणेश पाण्डे उहाँ र म सँगै थियौँ । शनिश्चरेमा उहाँको आँखा फोहोरको थुप्रोमा लडिरहेका एक वृद्धामाथि प¥यो । हामी सुखानी पुगेर तुरुन्तै पुनः त्यही स्थानमा आयौ जहाँ पहिला देखिएका वृद्धा थिए । हामीले स्थानीयहरुलाई सोधपुछ ग¥यौ ती वृद्धाको बारेमा तर उनको बारेमा कोही जानकार थिएन । उनै वृद्धालाई सोध्दा बोल्न र हिँडनसक्ने अवस्थामा थिएनन् । तुरुन्त हामीले केही खानेकुरा र उनीर्लाइ लगाउने वस्त्रको व्यवस्था ग¥यौ । फोहरबाट सडकमा ल्यायौ । त्यतिबेलासम्म हामी महसुस गर्न सक्थ्यौ वृद्धाको मनमा केही आशा जागृत भएको थियो । मानौ कुनै मरुभुमिमा जलाशय भेटिएको यात्रीको अनुहारमा सञ्चारित भाव जस्तै । असल सुरुवात आधा काम सम्पन्न गर्नु हो बुझेका हामीले सहजै अनुमान लगायौ उनी साहारा चाहन्छन । जीवनको उत्तराद्र्ध जतिबेला परिवार, छोराछोरी र नातिनातिनाको सामिप्यता र माया सेवा सुश्रुषाकोको समयमा सडकमा बेसहारा बन्नुको पीडा उनका अनुहारमा खुला किताबझै पढन सकिन्थ्यो । बा आमालाई वृद्धाश्रममा राखेर घरमा कुकुर पालेर सुरक्षित महसुस गर्ने क्रम विकाश भएको वर्तमान समाजलाई राम्रोसँग बुझेका उनै पत्रकार पाण्डेको विशेष पहलमा हामीले वृद्धालाई उद्धार गर्ने निष्कर्ष निकाल्यौ । जुन हाम्रा लागि सहज पक्कै थिएन । कोसौं टाढाबाट एक्लो गएका, सीमित साधनश्रोतको जाहो गरेर कार्यक्रममा पुगेका हामीहरुका लागि कठिन थियो त्यो काम । तर, भाग्यले उसैलाई साथ दिन्छ जो जस्तोसुकै सङ्कटमा पनि दृढ रहन्छ भन्ने भनाइलाई ममन गर्दै उद्धारको निष्कर्ष निकाल्दै स्थानीयसँगको छलफलमा लाग्यौ ।
1

हामी उहाँलाई खाने बस्ने राख्ने सबै व्यवस्था काठमाण्डौमा मिलाउँछौ जम्मा उहाँसम्म पु¥याउने व्यवस्था गर्न हामीले स्थानीयलाई गरेको आग्रह सफल नभए पछि केही व्यवस्था गरेर उहाँको उद्धार गर्ने वाचासहित हामी त्यहाँबाट पुनः बिर्तामोड पुग्यौ । त्यहाँका स्थानीय पत्रकार, नागरिकसमाज लगायतसँग छलफल पनि ग¥यौ र सामाजिक सञ्जालमा सहयोगको अपिल पनि ग¥यौं । त्यसअघि नै पत्रकार पाण्डेले उहाँलाई साहारा दिने सहयोगी खोजिसक्नु भएछ । यो पछि भने पक्का भयो हाम्रो मिशन । हामीले उहाँलाई हामीसँगै बुद्ध एयरको विमानमार्फत काठमाण्डौं ल्याउने निधो ग¥यौ तर नेपालको कानुन बनाउने नै जानुन भनेझै उहाँको लागि टिकट काटने कुनै आधार कानुनले हामीलाई दिएन । उपायको खोजीमा लागेका हामीले नेपाल प्रहरीका डिआजी नवराज सिलवाल, झापाका एस्पी शैलेश थापा र प्रमुख जिल्ला अधिकारीको साहायता लियौ । स्थानीयको सर्जिमिन मुचुल्का र प्रहरी रिर्पोटका आधारमा टिकटको व्यवस्था मिल्ने वातावरण बन्यो । भोलिपल्ट बिहानै हामी ती वृद्धा बा लाई नुहाईधुवाई र खानपान गराई काठमाण्डौ ल्याउने तयारीमा जुट्यौ र सफल पनि भयौ । जुन कार्यले त्यहाँको स्थानीय, नागरिक समाज, प्रशासन पनि हामीबाट प्रभावित नहुने कुरै भएन । ट्याक्सीमा विमानस्थलसम्म पु¥याउन केही स्थानीय व्यक्तिहरुसमेत हामीसँगै आउनु भयो । प्रकृतिको अनुकुलताका र पोर भिजिविलिटीका कारण तोकिएको समयभन्दा केही घण्टा ढिलो गरेर हामीले उहाँलाई काठमाण्डौं उता¥यौं । कुशेऔंशी अर्थात् बाबुको मुख हेर्ने दिनको पेरिफेरीबाट सुरु भएको उद्धारको हाम्रो कार्य तीजको पेरीफेरीमा एउटी चेलीकोमा पुगेर टुंगियो । लामो समयदेखि यस्तै सामाजिक कर्ममा समर्पित नेपालकी छोरी दीक्षा चापागाई जसले काठमाण्डौको धापासीमा पवित्र समाजसेवा नामक संस्थामार्फत वृद्धाहरुको सेवा गरिरहेकी छिन उनीकोमा पु¥याएर वृद्धा बालाई आश्रम दियौं ।

लगभग आठ दश घण्टा ती वृद्ध बा को अगाडि हामी देखिएकै कारण पनि उहाँको मुहारमा नपत्याउँदो कान्ति सञ्चारित भएको हामी सहजै महसुस गर्न सक्थ्यौ । केही नगरी कल्पना गर्नु बेकार हो भन्ने बुझेका हामीले उहाँलाई आश्रम पु¥याएपछि अनुमान लगायौँ कहिल्यौ नलडेर बाँच्नुमा भन्दा बारम्बार लडदै उठ्नुमा धेरै खुसी मिल्दो रहेछ । प्रयास सार्थक भएपछिको हाम्रो निष्कर्ष हो यो ।

एउटा निःशब्द व्यक्ति, नाम थर बताउने शब्द पनि निस्कदैन, न त लेखेर व्यत्तः नै गर्न सक्छन् उनी । फोहरको डंगुर उनको दैनिकी थियो । हामीले नाम वा कुनै वाहवाही कमाउन त्यसो गरेका हैनौ जसै मानवीय संवेदना भन्दामाथि उठेर यो काम ग¥यौ, उनी एकाएक चर्चित सेलिब्रेटी भन्दा कम भएनन् । हिजो सम्म सडकको बेवारिसे जीवन आज उनैसँग सेल्फी खिचाउनेको कमी भएन त्यही सडकमै, विमानका परिचालिकाहरु पनि उनीसँग सेल्फी लिन भ्याए । यो एउटा फरक परिदृश्य थियो । को हुन कहाँ हो थाँतथलो न स्थानीय जानकार छ न त हामी पनि । अब एउटा फरक बिहानी बनेर उदाएकी छिन दीक्षा चापागाई अनि उनको नयाँ दुनियाँ बनेको छ पवित्र समाजसेवा नामक संस्था र सँगै छन् भाग्यले बाँचेकाहरु डक्युमेण्ट्रीका निर्देशक पत्रकार गणेश पाण्डे । दुवैसँग जोडिएर मैले पनि केही सहयोगको भूमिका निर्वाह गर्ने मौका पाएँ । त्यसका लागि उहाँहरू दुवैलाई नमन र ती वृद्धा बा को दीर्घायुको कामना ।
3 2 FB_IMG_1472999637582

Published on September 4, 2016 at 12:47 pm

Loading...

यसमा तपाइको मत