भक्तपुरमा तिजको रौनक

विआरटि नेपाल सम्बाददाता-भक्तपुर, १९ भदौ

Published on September 4, 2016 at 4:17 am

14182139_1045327815563903_603606661_n

हरितालिका तिजको अवसरमा आज भक्तपुरका विभिन्न ठाउँका शिव मन्दिरहरु र दत्तात्रयमा बिहानैदेखि महिलाहरूको भिड लागेको छ । यस्तै, केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि बिहानै देखि महिलाहरूको पूजाआजा गर्न भीड लागेको छ ।

डोलेश्वर महादेव मन्दिरमा लोक गायक रेसम सापकोटा, लोक गायिकाद्वय निर्मला थापामगर र सरिता प्रजापति लगायतका विशेष प्रस्तुतिमा महिलाहरू नाचगानमा मस्त देखिएका थिए ।

महिलाहरू निराहार व्रत बसेकोले उनीहरूको स्वास्थ्यको ख्याल गरी वीरदल गण सूर्यबिनायकबाट स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । मन्दिरमा उपत्यका लगायत वरपरका ठाउँबाट महिलाहरू दर्शन गर्न आएका थिए ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादी देव महादेवको पूजा आराधना गरी मनाउँने गर्दछन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा महिलाहरू व्रत बस्ने गरेका गर्दछन् ।

Loading...

यसमा तपाइको मत