प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै संविधान संशोधनको योजना

काठमाडौँ, १९ भदौ

सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ । दलीय सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी सरकारले गरेको हो ।

प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग सरकारले अहिलेसम्म संविधान संशोधनको विषयमा छलफल गरिसकेको छैन । एमाले अध्यष केपी ओली विदेशमा रहेको कारण छलफल नगरको सरकारको भनाइ छ ।

संविधान संशोधन विधेयक निर्माण र सहमतिका लागि दलीय छलफल एकसाथ अघि बढाउने गृहकार्य सरकारले थालेको छ । प्रधानमन्त्री काराजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन प्रमुख तीन दलबीच छलफल चलिरहेको दाबी गरे ।  राजधानी दैनिकमा खबर छ ।

Published on September 3, 2016 at 8:03 pm

Loading...

यसमा तपाइको मत