अमेरिकाका सञ्चार कर्मी खरेललाई नेपाल पर्यटन बोर्डको जन सम्पर्क प्रतिनिधि पदमा पुन नियुक्त

विजय थापा, वासिङ्टन डिसी ।

पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि सम्पूर्ण अमेरिकाको लागि संचारकर्मी तथा गैर आवासीय नेपाली सङ्घका पूर्व सल्लाहकार राम चन्द्र खरेललाई नेपाल पर्यटन बोर्डले पुन जन सम्पर्क प्रतिनिधि पदमा नियुक्त गरेको छ ।

नेपाल पर्यटन बोर्डका दीपक राज जोशी बाट हस्ताक्षरित नियुक्त पत्रमा खरेललाई जुलाई ११ ,२०१६ तारिख देखि लागु हुने गरी जुलाई १० ,२०१८ सम्मको लागि पुन २ वर्षको लागि नियुक्त गरेको छ l

नेपाल पर्यटन बोर्डले उनलाई सोही पदमा दुई वर्ष अगाडी नियुक्त गरेको भएता पनि उनले विगतमा पर्यटनको विकास र प्रबर्द्धन गर्न अहम भूमिका निर्वाह गरेको कारण दुई वर्षको लागि पुन थप गरेको छ l हालसालै नेपाल पर्यटन बोर्डले अमेरिकामा आधा दर्जन भन्दा ज्यादा अवैतनिक मानार्थ नियुक्ति विभिन्न राज्यहरुका प्रतिष्ठित व्यक्तिहरूलाई नियुक्त गरेको थियो l

नियुक्त भएका सबै अवैतनिक मानार्थ दुतलाई विशेष क्षेत्रको लागि भनी तोकेको भएता पनि खरेललाई अमेरिकाको लागि भनी पत्रमा तोकेको छ l पुर्खौली घर झापा भएका खरेल अमेरिकामा दुई दशक भन्दा ज्यादा समय देखि डिसी महानगर क्षेत्र को भर्जिनियामा परिवार सहित बसोबास गर्छन् l

खरेलले नेपाललाई विश्वमा चिनाउन दूरदर्शन (टेलिभिजन)को इतिहासमा मुलुक बाहिर सर्वप्रथम सगरमाथाटिभी युएसए स्थापना गरेका हुन् l र विगत दुई दशक देखि उक्त सञ्चार माध्यम बाट अमेरिकामा रहेका नेपाली समुदायका गतिविधि ,कार्यक्रम ,उपलब्धि आदी इत्यादि दर्शक माँझ पुर्याई समाज सेवा गरी रहेका छन् l

नेपाल पर्यटन वर्ष २०११ सुरु हुनु अगाडी देखि नै उनले २०१० मा नेपाल दर्शन टेलिभिजन को शुभारम्भ गरी निरन्तर नेपाललाई विश्व सामु व्यापक रूपमा प्रचार तथा प्रसार गरी रहेका छन् l खरेलले भने नेपाल दर्शन टेलिभिजनले व्यवसाय र विज्ञापन नगरी केवल बिसुद्ध नेपाललाई प्रबर्धन गर्ने उद्देश्यले खोलिएको बताए l

सञ्चार कर्मी ,समाज सेवी तथा व्यवसायी खरेल नेपाली समुदाय तथा विभिन्न सङ्घ तथा संस्थामा निकै क्रियाशील छन् l खरेललाई पुन सोही पदमा अमेरिकाको लागि पर्यटन बोर्डले नियुक्त गरे पछि पर्यटन बोर्डलाई कृतज्ञता ज्ञापन गर्दै पुन नियुक्तिले अझ केही काम गर्नु पर्ने जिम्मेवारी बढेको बताए । पर्यटन बोर्डले आफूलाई विश्वास गर्दै अमेरिकाको लागि जिम्मेवार दिएकोमा आफू एक सञ्चार कर्मी पनि भएकोले आफूले मातृभूमि प्रति गर्नु पर्ने कार्य प्रति ईमान्दारिताको साथ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

खरेल गैर आवासीय नेपाली सङ्घको स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् भने डिसी महानगरमा उनको आफ्नो ईमेज एभी इन्क प्रो नामक प्रतिष्ठान ,सगरमाथा टिभी युएसए ,नेपाल दर्शन टेलिभिजनका समेत संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ )पनि हुन् l

उनी अमेरिकाका अधिकांश सामाजिक संस्था तथा गैर आवासीय नेपाली सङ्घ बाट पटक पटक दर्जनौ पुरस्कार बाट सम्मानित भई सकेका छन् l गैर आवासीय नेपाली सङ्घमा अमेरिकामा सन् २००५ देखि नै विभिन्न् पदमा बसी काम गरेको उनी सँग अनुभव छ l

Published on September 3, 2016 at 6:59 pm

Loading...

यसमा तपाइको मत