अमेरिकाको ओक्लाहोमामा ठुलो भूकम्प, अन्य सातवटा राज्यमा पनि भुकम्पको झड्का

विआरटि नेपाल सम्बाददाता, ओक्लाहोमा

अमेरिकाको ओक्लाहोमामा राज्यमा ठुलो भूकम्प गएको छ । आज शनिवार बिहान स्थानीय समय ७ बजेर २ मिनेटमा ओक्लाहोमाको पाउने (Pawnee) भन्ने सहर नजिकै ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पबाट अहिले सम्म कुनै मानवीय क्षति भने भएको छैन भने इटाले बनाएका भवनहरुमा क्षति पुगेको जनाइएको छ । युस जिओलोजिकल अनुसार भूकम्पको झड्का ओक्लोहामा, क्यन्सास, अर्कान्सास, नेब्रास्का, मिजोरी, टेक्सस तथा आइवामा अनुभव गरिएको थियो ।

५.६ रेक्टर स्केलको भूकम्पको धक्काबाट हल्का क्षति पुगे पनि यस धक्काबाट सर्वसाधारणहरुमा अत्याधिक चिन्ता र भयको वातावरण उत्पन्न भएको सामाजिक संजालहरुमा प्रस्टै देख्न सकिन्छ  । त्यस्तै सन् २०११ को नोभेम्बर ५ मा ओक्लाहोमामा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Published on September 3, 2016 at 8:59 am

Loading...

यसमा तपाइको मत