पहिलो पटक फरक बोइङ उडाउने दिदीबहिनी

एजेन्सी

पाकिस्तानमा एकै पटक दुई दिदीबहिनीले दुई फरक बोइङ ७७७ उडाउने किर्तिमान राखेका छन्। मरियम मसुद र एरम मसुद एक पटक दुई बोइङ उडाउने दिदीबहिनी बनेका हुन्।

दुवै पाकिस्तान इन्टरनेसनल एरलाइन्स (पिआइए) मा पाइलटका रूपमा कार्यरत छन् र दुवैले सो एयरलाइन्सका अनेकौँ विमान उडाइसकेका छन्। दुईमध्ये कान्छी एरम भर्खरै बढुवा भएर सो विमान उडाउन थालेकी हुन्।

पिआइएका प्रवक्ता दानियल गिलानीले भने, ‘एकै प्रकारका दुई विमान एकै समयमा उडाउने दिदीबहिनी यसअघि भएको कुनै रेकर्ड हामीलाई थाहा छैन।’

बोइङ ७७७ ले ४५० जनासम्म यात्रु बोक्न सक्छ भने, पिआइए पाकिस्तानको सबैभन्दा ठुलो एयरलाइन्स हो।

Published on September 2, 2016 at 12:28 pm

Loading...

यसमा तपाइको मत