दृष्टिविहिनको शिक्षाको लागि अन्तर्राष्ट्रिय परिषदको पश्चिम एसिया क्षेत्रको राजदूतमा वुना दाहाल

विआरटि नेपाल सम्बाददाता, वासिङ्टन डिसी

Published on September 2, 2016 at 12:09 pm

buna dahal

अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डोमा अगस्त १८ देखि २५ सम्म सम्पन्न भएको विश्व दृष्टिविहिन सङ्घ तथा दृष्टिविहिनको शिक्षाको लागि अन्तरराष्ट्रिय परिषदको संयुक्त सम्मेलनले वासिङ्टन राज्य निवासी डाइनामिक वुना संस्थाको संस्थापक बुना दाहाललाई दृष्टिविहिनको शिक्षाको लागि अन्तरराष्ट्रिय परिषदको पश्चिम एसिया क्षेत्रको राजदूतमा चयन गरेको छ । उक्त संस्थाले नेतृत्व तथा रोजगार विकासको तालिम दिनुका साथै योजना तर्जुमा गर्ने काम गर्दै आएको छ ।

यस जिम्मेवारी लिनु अगाडी ऊहां अमेरिकाको दृष्टिविहिनहरुको संस्था अमेरिकी दृष्टिविहिन राष्ट्रिय सङ्घको कोलोराडो क्षेत्रको महासचिव पदमा रहनुभएको थियो । सन् १९९० मा उच्च अध्ययनका लागि अमेरिका आउनु भएकी बुना वासिङ्टन सर्नु अगाडी १८ वर्ष कोलोराडोमै बसोबास गर्नु भएको थियो ।

Loading...

यसमा तपाइको मत