पत्रकारिता मर्यादित पेसा हो

शरद पोखरेल

सन १९६० र ७० को दशकमा हाते लेखनमा पत्रकारिता रमाइरहेको थियो । त्यस पश्चात् भने यसले दु्रत मार्ग अपनायो । यसमा आधुनिक संचारमका माध्यमहरु जस्तैः रेडियो र टेलिभिजन लगायत अन्य सूचना प्रदायक सामानहरुको महत्त्वपूर्ण भूमिका छ । तत पश्चात् नै सूचना सबैका लागी भन्ने मान्यता विश्वमा व्यापक बन्दै गएको थियो । आज सूचनाको हक राज्यहरूको नैर्सङ्गिक अधिकार भित्रै पर्छ ।

सन १९९० पछि त राज्यको राजनीतिक, सामाजिक र आर्थिक विकासमा सञ्चार क्षेत्र अझ सशक्त हुन थाल्यो । त्यस यता पत्रकारिता राज्यको चौथो अङ्गको रूपमा क्रमिक विकास हुँदैछ । पछिल्लो समय त सञ्चार क्षेत्रको श्रीवृद्धिका लागी राज्य संयन्त्रले पनि विशेष भूमिका खेलेको छ । सरकारी होस वा गैह् सरकारी क्षेत्र आज सञ्चार क्षेत्रको उपस्थिति हर हमेसा अनिवार्य मानिन्छ ।

सञ्चार क्षेत्रमा काम गर्ने संचारकर्मीहरु सूचना संम्प्रेक्षणका लागी सधैँ आफूलाई तयारी अवस्थामा राख्छन । संचारकर्मीको नाताले यो उनीहरूको धर्म हो । सही र तथ्यपरक सूचना संम्प्रेक्षणका लागी दिन रात खटनु संचारकर्मीको दायित्व पनि हो । यी सबै मान्यताहरुलाई व्याख्या गर्दा आजको विश्वमा पत्रकारिता मर्यादित पेसा हो । यसमा कसैले पनि दुविधा नराख्दा हुन्छ ।

पत्रकारिताको महत्त्व यति हुँदा हुँदै पनि केही समय यता अमेरिकामा यो क्षेत्र क्रमशः वदनाम हुँदैछ । केही आफ्नै र केही सङ्घ संस्थाहरूका कारण वदनामी वढदै गएको हो । पछिल्लो एन आर एन अमेरिकाको क्षेत्रीय सम्मेलन यसको एउटा उदाहरण मात्र हो ।
हुनत यता पत्रकार मात्र दूधले नुहाएका गाई भने पक्कै छैनन् । अमेरिकामा एउटाको खबर अर्काले कपि पेष्ट गर्ने पत्रकारहरु प्रसस्तै छन् । त्यस बाहेक समाचारको सिमितताका कारण होला फेसवुके पत्रकारहरुको वाहुल्यता पनि दिनानुदिन वढदै छ । पछिल्लो समय त यहाँ एउटा पत्रकारले अर्को पत्रकारलाई हिलो छयाप्ने काम पनि प्रसस्तै हुन थालेको देखिन्छ ।

एन आर एन अमेरिका क्षेत्रीय सम्मेलन प्रकरण
एन आर एन अमेरिकाको निर्वाचित नयाँ कार्यसमिति गत साल आएको थियो । त्यस यता नेपालमा भूकम्प जादाँ र नाकाबन्दी हुँदा एन आर एन अमेरिकाले जे जस्तो गतिविधि गरयो त्यसको पत्रकारहरुले सशक्त लेखन गर्दे आए । उसो त एन आर एन अमेरिकालाई विश्वको सबभन्दा बढी सदस्य सङ्ख्या भएको एन आर एन बनाउन पनि यताका पत्रकारहरुको ठुलो देन छ । व्यक्तिगत तवरमा कसैले कतैवाट केही सुविधा पाएर लेखे अलग कुरा तर अधिकांश पत्रकारहरुले विना सुविधा एन आर एनलाई यो उचाइमा पुराएका हुन । यस अर्थमा एन आर एनले यताका पत्रकारहरुको भूमिकामा गर्व गर्नै पर्छ ।

अमेरिकी एन आर एन क्षेत्रीय भेलाको रमझम करिब एक महिना अघि देखि अमेरिकामा सुरु भयो । उक्त गतिविधिका खवरहरु अधिकांश अमेरिकाका अनलाइनहरुले प्राथमिकताका साथ प्रकाशमा ल्याएका थिए । तर सम्मेलनका दौरान एन आर एन अमेरिकाको व्यवहारबाट भने पत्रकारहरुलाई निराश तुल्यायो ।

स्वभावत कुनै पनि सम्मेलन हुनु पूर्व आयोजक संस्थाले मिडियाहरुको भूमिका र कार्यक्रममा यसलाई दिने स्पेशको किटान पहिल्यै गर्छन् । जस्तै मिडिया भन्नाले यहाँ लेखन, रेडियो र टेलिभिजन सबै पर्छन र ती सबैको संयोजनकारी भूमिका आयोजकले गर्छ । यसमा ध्वनी, प्रकाश, उपयुक्त दृश्य लिने व्यवस्थापन आदि सबै आयोजकको कार्य क्षेत्र भित्र पर्छन । जसको एन आर एन पदाधिकारीहरुले सम्मेलनमा पट्टकै चासो दिएको देखिदैन ।

त्यस्तै एन आर एन अमेरिकाको आफ्नै सूचना संयन्त्र छ । यता नेपाल अमेरिका पत्रकार सङ्घ पनि छ । उता एन आर एन पदाधिकारीहरुको व्यक्तिगत रूपमा पनि हरेक पत्रकारहरुसँग आ–आफ्नै सम्पर्क छ । सम्मेलन अवधिभर सबैको काम भनेको सही सूचना प्रभाव गर्नु थियो । यसमा सबैको साझा संयन्त्र निर्माणवाट काममा बढी उपलब्धि हुने थियो । तर दुर्भाग्य यसो हुन सकेन । सबैको तालमेल मिलाउन एन आर एन पदाधिकारीहरू नाकाम रहे । फलत उचित संयोजनकारी भूमिकाको अभावमा एन आर एन को सूचना संयन्त्र भुक्ते साबित हुन पुग्यो

 

एन आर एनमा क्षेत्रीय संयोजकको भूमिका विशेष हुने गर्छ । तर यस पटक एन आर एन अमेरिकाका क्षेत्रीय संयोजकको भूमिकाले भने पुरै कार्यक्रम नै खल्लो भयो । पत्रकारहरुले खाएको भात उल्छादा उनको छवि नै धमिल्लीयो । उनको छुद्र वचनको सर्वत निन्दा पनि भयो ।

उता पत्रकारहरु पनि उनी भन्दा एक कदम अगाडि नै देखिए । समस्या परि सके पछि समस्याको सर्तक समाधान अपनाउन नेजाका पत्रकारहरु लागेनन बरु भातलाई नै केन्द्रमा राखेर विज्ञप्ति निकाल्यो । जुन लाजमर्दो देखियो । उता सम्मेलनमा भाग लिन नेजाका अध्यक्ष भोला आर्चाय सहित अन्य पदाधिकारीहरू न्यूर्योकमा थिए भने यता विरोधको विज्ञप्ति तोया दाहाल क्यालिर्फोनीयावाट निकाल्दै थिए । कता कता तालमेल नमिलेको हो कि ?

जे होस अन्त्यमा, पत्रकारहरु बिच यति विध्न हल्लाखल्ला भैरहदा एन आर एन अमेरिकाले एक प्रेस विज्ञप्ति निकाली त्यसको बारेमा बोल्न नखोज्नु पत्रकार प्रतिको हेपाहा प्रवृत्ति नै हो । उता एन आर एनले भात विवादमा आफूलाई मुछिसके पछि कार्यक्रम वहिस्कार गर्नु साटो पुन एन आर एनको एक दुई राउण्ड भात केही पत्रकारहरुले स्वीकार्नु गम्भीर त्रुटि हो । भविष्यले सबैको मुल्यान्कन अवश्य गर्ने नै छ ।

Published on September 1, 2016 at 5:04 pm

Loading...

यसमा तपाइको मत