राष्ट्रिय सरोकार मंच नेपाल द्वारा देशभरका गणतान्त्रिक शालिक ढाल्ने चेतावनी

विआरटि नेपाल सम्बाददाता-काठमाण्डौं, १६ भदौं

राष्ट्रिय सरोकार मंच नेपाल नामक संस्थाले देशभरका गणतान्त्रिक शालिक ढाल्ने चेतावनी दिएको छ । संस्थाले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत आज नेपालगंजको बिरेन्द्र चोकमा राष्ट्रवादी नेपालीहरुले पुनः स्थापना गरेको राजा बिरेन्द्रको शालिक हटाउने कार्यगरे देशभरका गणतान्त्रिक शालिक पनि नरहने चेतावनी दिएको हो ।

मंचले भनेको छ, नेपालगञ्जको वीरेन्द्र चोकमा न्याय प्रेमि,विकास प्रेमि,शान्ती प्रेमि,ज़नता प्रेमि,प्रजातन्त्र प्रेमि,स्व।राजा वीरेन्द्र सरकार को सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ । सरकार द्दार रचित यस घृणीत कार्यको घोर निन्दा तथा भत्सर्ना गर्दछौ साथै आगामी दिन मा यस्तो अमानवीय कार्य नगर्न सुझाव पनी दिन्छौ ।

मंचले यसरी आफ्नो फेसबुक पेज मार्फत आक्रोश पोखेपछी प्राप्त प्रतिक्रियाहरु यस्ता थिए, ललित जोशि लेख्छन् ‘आगामी दिन मा यस्तो अमानवीय कार्य नगर्न सुजाभ पनी दिन्छौ ।’ त्यसैगरी अस्मिता भण्डारीको प्रतिकृया यस्तो छ, ‘राष्ट्रबादि युबाहरुको सहासलाई मेरो सलाम !! जसले यो देशलाई विश्व मानचित्रमा शान्ति क्षेत्र भनी चिनाए ,मुलुकमा बहुदलीय ब्यबस्थाको स्थापना गरे तिनै राजाको शालिक भत्काउनु , जनताले स्थापना गर्दा समेत लाठीचार्जको अवस्था सृजना हुनु रुरु कस्तो विडम्बना !! बाबासिंह पनि प्रतिकृयामा भन्छन्, ‘जनताले स्थापना गरेको सालिक फोर्न पाईदैन, यस्तो नालायक सरकार चाहिदैन्, जय राष्ट्र जय जनता !’

देशमा गणतन्त्र ल्याईपछि नेपालगंजमा रहेको स्व. राजा बिरेन्द्रको पूर्णकदको शालिक भत्काईएको थियो । पछि उक्त स्थानमा राष्ट्रिय झण्डा राखिदै आएको थियो, जुन समय समयमा परिवर्तन गर्ने गरिएको थियो । आज पनि पुरानो भएको झण्डा परिवर्तन गर्ने निहुमा आएको समुहले एकछिनमै राजा बिरेन्द्रको अर्धकदको शालिक पुनः राख्दा प्रहरीले हटाउन खोजेपछि झडप भएको बताईएको छ ।

देशमा गणतन्त्र ल्याईएसंगै देशका बिभिन्न स्थानमा रहेका राजाका शालिकहरु ढाल्ने कार्य गरिएको थियो । साथसाथै राजा र राजपरिवारका नामबाट राखिएका बिभिन्न स्थान र उपजहरुको नाम परिवर्तन गरिएको थियो ।

शालिकहरु तोडफोडमा ढीलै भएपनि गणतन्त्र समर्थकहरुले बाक्लो रुपमा असहमती जनाउदै आएपनी नाम परिवर्तनका सन्र्दभमा पनि आवाज उठन थालेका छन् । हिजो मात्रै नेपाली कांग्रेसका तर्फबाट पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेका पर्यटन मन्त्री जिवन शाहीले नेपाल एअरलाईन्सको अगाडि रोयल शब्द हटाएकोमा आपत्ति मात्रै जनाएनन्, परिवर्तित नामको खिल्ली पनि उडाएका थिए ।

Published on September 1, 2016 at 9:18 am

Loading...

यसमा तपाइको मत