भगिरथ दाहालको नेपाली गीति एल्बम अनुकम्पा तथा गीति सङ्ग्रह आफ्ना परायाको अमेरिकामा सार्वजनिक

क्यालिफोर्निया स्थानीय प्रतिनिधि

लामो समय देखि अमेरिकाको सान पाब्लो सहरमा सपरिवार बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति सङ्ग्रह ‘आफ्ना पराया’ को नेपाल पछि अमेरिकाको बर्क्ली सहरमा समेत एक विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।

नेपालमा कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी र सङ्गीतकार राजु सिंहले कृति सार्वजनिक गरेका थिए भने अमेरिकामा डा टिका लम्साल, डा बिनोध न्यौपाने, गीतकार/साहित्यकार बासु ढकाल, मणि दहाल, विष्णु गुरुङ एकता लगायत अन्य साहित्यकारहरुले संयुक्त रूपमा गीति एल्बम “अनुकम्पा “तथा गीति सङ्ग्रह “आफ्ना पराया सार्वजनिक गरिएका थिए । सार्वजनिक गरिएको एल्वममा सुरेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ । एल्बममा अन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपा महर्जन तथा सुरेन्द्र श्रेष्ठले स्वर रहेको छ ।

book release 2

गीतकार दाहालले आफ्नो “म रुँदा हाँस्ने “ बोलको गीतको भिडियो समेत सार्वजनिक भइसकेको र निकै लोकप्रिय हुँदै गरेको जानकारी दिएका थिए। कार्यक्रममा बोल्दै डा टिका लम्सालले प्रतिनिधि मूलक केही गीतकार दाहालका गीति कविताको वाचन गर्नु भएको थियो भने पुस्तकमा देश प्रेम देखि विदेशमा भोगेका घटनाहरूलाई राम्रो शैलीमा प्रस्तुत गरेको जानकारी गराउनु भएको थियो। दाहाल लगायत धेरै साहित्यकारहरु विदेशमा बसेर पनि नेपाली भाषा साहित्य र सङ्गीतलाई जगेर्ना गर्न योगदान पुर्याकोमा सबै सर्जकहरुको प्रशंसा गर्नु भएको थियो । त्यसै गरी गीतकार दाहालले आफ्नो एउटा कविता “सडक को समेत वाचन गरेका थिए भने अन्य कविता वाचन गर्नेहरुमा बाशु ढकाल, मणि दहाल. विष्णु गुरुङ एकता र कार्यक्रमको अन्तमा सबैको आग्रहमा ध्रुव थापाले पनि “ फेसबुक सम्बन्धी कविता वाचन गरेका थिए। कार्यक्रम साझको ६ बजे प्रारम्भ भई करिब ९ बजे सम्पन भएको थियो। सम्भवत पहिलो पल्ट होला उपस्थित श्रोता/ दर्शकले एति लामो समयसम्म साहित्यिक कार्यक्रम हुँदा समेत घर जान हतार नगरी अझै साहित्यक बिचार , रचनाहरू र कविता सुन्ने चासो देखाएका थिए।

गीतकार/ कवि ध्रुव थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा उत्तरी क्यालिफोर्नियामा रहेका साहित्यकारहरु , विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय नेपाली रेडियो कार्यक्रम हाम्रो चौतारीका प्रस्तोताहरु लगायत साहित्यमा रुचि राख्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालक थापाले उपस्थित सबैलाई कार्यक्रमका विशिष्ट अतिथि भएको र यहाँ कोही ठुलो सानो नभई सबै भाषा, साहित्य र समाजको प्रतिनिधीगर्नु हुने भएकोले सबैलाई संयुक्त रूपमा विशिष्ट अतिथिको रूपमा यथा स्थानमै आसण ग्रहण गराई फरक र रोचक तरिकामा कार्यक्रम सञ्चालन गरेका थिए। आफ्नो मन्तव्यको क्रममा उपस्थित धेरैले नेपाली भाषा साहित्य र संस्कृतिलाई प्रबर्धन गर्न विशेष अनुरोध गर्दै बे एरियामा अन्य थुप्रै सङ्घ सस्थाको कार्यक्रम भएता पनि साहित्यिक कार्यक्रम भने थोरै हुने गरेको र यसलाई समेत निरन्तर रूपमा गर्नु पर्ने धारणा व्यक्त गरिएको थियो।

book release 3

सोही कार्यक्रममा उपस्थित सबैको चाहना अनुरूप साहित्य कार्यक्रमलाई निरन्तरता दिन साहित्य समाजकोआवस्यकता रहेको समेत अभिव्यक्ति दिएका थिए।

सोही अनुरूप २००६ सालमै स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया निकायलाई पुन कार्यसिल गराउदै साहित्य सेवामा लाग्न सबैलाई अनुरोध गर्दै यस समाजका सस्थापक अध्यक्ष ध्रुव थापाले नयाँ कार्यसमिति गठन गर्न तीन सदसिय निर्वाचन समितिको समेत घोषण गरेका थिए जसमा , प्रमुख आयुक्त मणि दहाल र अन्य दुई सदस्यमा भगिरथ दाहाल र निर्मल फुयेललाई जिम्मेवारी सुम्पेका थिए। साहित्य समाजका संस्थापक महासचिव बाशु ढकालले अन्तर्राष्ट्रिय साहित्य समाजको बारेमा जानकारी गराउदै बिगदमा यस संस्थाले गरेको विभिन्न साहित्यिक कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो। आज फेरि यस क्षेत्रमा साहित्यकारहरुको बाक्लो उपस्थिति देखिएकोले र जान चासो बढेकोले यस संस्थालाई जिम्मेवारी पूर्वक आफ्नो काममा अघि बढ्न नयाँ कार्यसमिति गठन गर्नु पर्ने आवश्यकता रहेको जानकारी गराउदै सबै साहित्यकार मित्रहरूलाई यस समाजमा आबद्ध हुन आग्रह समेत गर्नु भयो।

कार्यक्रममा धेरैले गीति एल्बम र पुस्तकलाई किनेर गीतकार दाहाललाई हौसला प्रदान गरेका थिए भने कार्यक्रममा आयोजकको तर्फबाट रात्रि आयोजना गरिएको थियो। अन्जु उप्रेती दाहालको प्रस्तुतिमा निस्किएको उक्त पुस्तक र एल्बमको बारेमा बोल्दै सबैलाई छोटो समयमा र आफ्नो व्यस्तताको बावजुद पनि समय मिलाएर कार्यक्रममा उपस्थित भई दिएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

book release 1

Published on September 1, 2016 at 7:18 am

Loading...

यसमा तपाइको मत