‘लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को छैटौँ केन्द्रीय महाधिवेशन असोज ८,९ र १० मा 

समिर प्रकाश पाण्डे

Published on August 31, 2016 at 11:13 am

14182169_1396616943688955_1742644271_n

नेपाली लोक तथा दोहोरी गीतका कलाकार तथा सर्जकहरुको एक महान् चाड जुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैटौ केन्द्रीय महाधिवेशन आउदो आशोज ८,९ र १० गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न हुने भएको छ |

छैटौँ केन्द्रीय महाधिवेशनमा ९ अञ्चल सहित ६१ जिल्लाबाट कलाकारहरूको आगमन हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल छैटौँ केन्द्रीय महाधिवेशन मूल आयोजक समितिले जनाएको छ |14171934_1396616930355623_1690853720_n

उक्त छैटौँ केन्द्रीय महाधिवेशन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द शर्माको संयोजक्त्यो तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पी एन सापकोटा सह-संयोजक्त्योमा सम्पन्न हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका सदस्य लालकुमार बरालले जानकरी दिए।

आगामी छैटौँ केन्द्रीय महाधिवेशनमा नेपालभरका ६१ जिल्लाको झाकि र -याली सहित बाजर परिक्रमा गरी कार्यक्रम सुरु हुने र बाहिर दर्शक तथा शुभचिन्तक हरू ठुलो प्रोजेक्टरमा प्रत्यक्ष अबलोकन गर्न पाउने आयोजकले जनाएको छ ।

Loading...

यसमा तपाइको मत