गजल

राजेश खोटाङे

सुन्दैछु म अाेठमा लाउँने, लाली फेर्याै अरे
फूलबारीकाे रेखदेख गर्ने, माली फेर्याै अरे ।।

खेतका गरा वारि कान्ला, सबै उस्तै उस्तै
नयाँ अाैजार बीउ बिजन, बाली फेर्याै अरे ।।

अाफ्नाे बनी मायाँ गर्न, कहिल्यै नजानेनी
उता चाहिँ दुर्वाच्य अनि, गाली फेर्याै अरे ।।

गाेरु उहीँ  जुवा त्यहि हाे, अनि हरिश दाँदे
खिई  सक्याे  हलाे तर, फाली  फेर्याै अरे ।।

देवी देउता सबै उस्तै, धर्म गर्ने विधि पनि
प्रार्थना र अक्षता राख्ने, थाली फेर्याै अरे ।।

कुनै  पल यस्ता थिए, अापसमा  रमाउँदा
खुसी हुँदै बजाउँने अाज, ताली फेर्याै अरे ।।

Published on August 31, 2016 at 8:03 am

Loading...

यसमा तपाइको मत