माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य सहित डेढ दर्जन कार्यकर्ता संघीय नवराष्ट कम्युनिष्टमा प्रवेश

विआरटि नेपाल सम्बाददाता-भक्तपुर, १४ भदौ

ठूला राजनीतिक पार्टीका केन्द्रिय तथा जिल्लास्त्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रबेश गरेका छन ।  नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, नेमकिपा लगायतका पार्टीका केन्द्रिय तथा जिल्लास्त्तरका नेताहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।

सो पार्टीले मंगलवार रफत सञ्चार क्लबमा विशेष कार्यक्रम आयोजना गरी पार्टीमा प्रबेश गराएको हो । पार्टी प्रबेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य लालकृष्ण घिमिरे, राप्रपा नेपालका भक्तपुर जिल्ला सदस्य दिपक थापा, नेकपा एमाले भक्तपुर जिल्ला कमिटि सदस्य बिन्दा पुरी, लगायतका एक दर्जन भन्दा बढि नेता तथा कार्याकर्ता संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।unnamed

टिका लगाएर पार्टी प्रबेशीहरुलाई स्वागत गर्दै संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष गोपाल पोखरेलले विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउने व्यक्तिलाई उनीहरुको योग्यता, क्षमता र दक्षताको आधारमा जिम्मेवारी प्रदान गर्ने विश्वास दिलाए ।
ठूलो पार्टीहरु सत्तामोहमा फसेको र राष्ट्रियता संकटमा पार्दै गएकाले ती पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको उनको भनाइ छ । फरक प्रसंगमा उनले आगामी चैतभित्रै स्थानीय तहको निर्वाचन गरी स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि बाहाली गर्नुपर्ने बताए।

पार्टीका उपाध्यक्ष डेबिट पोखरेलले ठूलो पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउने लहर नै चलेको बताए । कार्यक्रममा पार्टी प्रबेशीहरुले ठूला पार्टीमा भन्दा साना पार्टीको नीति कार्यक्रम र योजना राम्रो भएको सोको कार्यान्वयनका लागि आफूहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टीमा प्रबेश गरेको स्पष्ट पारे  ।

Published on August 30, 2016 at 1:56 am

Loading...

यसमा तपाइको मत