जन सम्पर्क समिति न्युयोर्क च्याप्टरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

सोमनाथ हुँमागाई-न्युयोर्क,२८ अगष्ट

जन सम्पर्क समिति न्यू(योर्क च्याप्टर अमेरिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले आइतबार नेपाली नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव सांसद महेन्द्र यादवको प्रमुख अथिती तथा काँग्रेस संसदीय दलका अर्थ संयोजक माननीय मोहन चन्द्र बरालको विशेष आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

वर्तमान नेपालको समसामहिक राजनीतिक अवस्था बिषयक अन्तरक्रियामा देश विदेशबाट अमेरिकाको न्यूजर्सी राज्यमा भएको एनआरएनएको क्षेत्रीय संम्मेलनमा भागलिन आएका नेपाली जन सम्पर्क समितिसंग आवद्द प्रमुख व्यक्तिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथितीको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद महेन्द्र यादवले लोकतान्त्रिक संविधान कार्यन्वयन र राष्ट्रियता मजबुद बनाउँनका लागि भए पनि पार्टी सभापति र काँग्रेसलाई बलियो बनाउँन जरुरी भएको कुरा राखेका थिए ।unnamed (5)

त्यस्तै जन सम्पर्क समिति झगडामा नफसी एक अर्कालाई सम्मान गरेर जन सम्पर्क समितिलाई सङ्गठित बनाउँन जरुरी देखिएको हुनाले यसको पक्षमा आफूले सकेको पहल गर्ने कुरा राख्दै, अमेरिकाको जन सम्पर्क समितिलाई चाँडो मिल्न आग्रह पनि महतले गरे ।

एक छुट्टै प्रसङ्गमा जन सम्पर्क समिति अमेरिकाको धेरै विवाद बडेमा पार्टीले हस्तक्षेप गर्न सक्ने कुराको सङ्केत दिँदै, भूकम्प पीडितको लागि उठाएको राहत रकम लाई पार्टीले एकपैसा पनि हिनामिना हुन नदिने कुरा उनले बताए ।

विशेष अथितीको सांसद मोहन बरालले मुलुकमा लामो समय पछि लोकतान्त्रिक संविधानको निर्माण सँगै मिर्मिरे बिहानी आएकोले अब देशले समृदिको बाटो लिने पक्का भएको धारण राखेका थिए ।

नेपाली काँग्रेसका नेता एवं देशान्तर प्रत्रिकाका प्रधान सम्पादक कबीर राणाले अहिले सबै देशका जन सम्पर्क समितिहरू विशेष गरेर दुई समूहमा बिभाजित भएकोले त्यसको सङ्केत अमेरिकामा पनि देखिएको कुरा राखेका थिए ।unnamed (6)

उक्त कार्यक्रममा नेजस जर्मनीको वरिष्ठ सल्लाहकार पुष्प थापा, नेजस ईन्गल्याण्डका सल्लाहकार चिरन्जिवी ढकाल , नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी , महासचिव मुनिन्द्र नेम्बाङ , सचिव भोज राज ठोकर , कोषाध्यक्ष विजय थुलुडंग , केन्द्रीय सदस्य प्रमोद सिटौला सल्लाहकार मिडंमार शेर्पा, वंशलाल तामांग अमृत साप्कोटा, पूर्व सल्लाहकार नारायण थापा काँग्रेसका अग्रज नेता त्रैलोक्य प्रताप सेन ,नेपाली काँग्रेसका महासमिति सदस्य आत्माराम पौडेल, पूर्व महासमिति सदस्य बिरेन्द्र मानन्धर, काँग्रेस नेता बुद्धि श्रेष्ठ , नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व केन्द्रीय सदस्य राजन त्रिपाठी, नर्दन क्यलिफोर्निया च्याप्टरका पूर्व महासचिव प्रतीक पाण्डे , नेजाका सभापति भोला आचार्य , एभरेष्ट टायमको प्रधान सम्पादक आड़छिरीगं शेर्पा, विश्व संन्देशका प्रधान संम्पादक विजय पौडेल लगायत विभिन्न देशहरू बाट आउँनु भएका एनआरएनको प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

न्यु योर्क सहरको स्थानीय चौतारी रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व न्यु योर्क च्याप्टरका सभापति रोशन ढुंगनाले गरेका थिए । केही ढिलो सुरु भएको उक्त कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने उपस्थितिहरूलाई स्वागत मंन्तव्य च्याप्टरका सदस्य अनन्त राज सुवेदिले गरेका थिए ।

Published on August 29, 2016 at 10:52 am

Loading...

यसमा तपाइको मत