नाटक जोडियोस् भत्किएका मनहरू दक्षिण एशियालीहरुमाझ पनि चर्चाको केन्द्रमा

अनुज थापा, न्यु योर्क

अशेष मल्लद्धारा लिखित र हरिबहादुर थापाद्धारा निर्देशित नाटक जोडियोस् भत्किएका मनहरुलाई दक्षिण एसियाली दर्शकहरूले धेरै मन पराए । अगस्ट २७ र २८ गरी दुई दिनसम्म चलेको ११ औँ दक्षिण एसियाली थियटर फेस्टिभलमा नेपाली नाटकले मञ्चन गर्ने अवसर पाएको हो ।

अगस्ट २८ तारिखका दिन अमेरिकाको न्युजर्सी राज्यमा अवस्थित जर्ज स्ट्रिट प्लेहाउसमा उक्त नाटकको एक दृश्य मञ्चन गरिएको थियो । एक बुढीआमा र पत्रकारको १० मिनेट लामो दृश्यलाई त्यस दिन मञ्चन गरिएको थियो ।

4

नाटक हेर्न आएकी एक बंगालदेशी दर्शक रितुपर्नाेदास दत्तले नाटकको मृक्त कण्ठले प्रशंसा गरिन् । “ मैले नेपाली नाटकको बारे धेरै राम्रो कुरा सुनेकी थिए । आज आफ्नै आँखाले त्यो देख्न पाए । भूकम्पको पीडा निकै नै राम्ररी प्रस्तुत गर्नुभएको रहेछ ,” दत्तले भनिन् ।

 

यता भूकम्प र सशस्त्र द्धन्दमा परि सबै आफन्त गुमाएकी पात्रको भूमिका गरेकी नदिया लिवाङले यसरी ३०० भन्दा बढी गैरनेपाली माझ नाटक देखाउनु पाउँदा एकदमै खुसी लागेको बताइन् ।

“ नाटक भनेको इमोशन्स हो र यही इमोशन्सलाई गैर नेपाली दर्शकले मनपराए, ” नदियाले भनिन् ।

त्यस्तै दृश्यकै अर्की पात्र दीपिका श्रेष्ठ र कृश थापाले भाषा नबुझेपनि दर्शकले यसरी नाटकको सराहना गरेको निकै नै गर्व लागेको बताए । “ हामीलाई थाहा थिएन कि दर्शकले यसरी हाम्रो प्रस्तुति मन पराउनुहुन्छ भनेर , ” दीपिकाले भनिन् ।

नाटकका सहनिर्देशक सहदेव पौडेलले निर्देशक हरिबहादुर थापालाई दिइएको सम्मान ग्रहण गरेका थिए । दुई दिनसम्म चलेको फेस्टिभलमा ९ वटा नाटक मञ्चन भएका थिए । यसअघि उक्त नाटक म्यानह्याटनको ७७७ थियटरमा गत डिसेम्बर र फेबु्रअरीमा गरी ३ पटक मञ्चन भएको थियो ।

 

 

Published on August 29, 2016 at 8:03 am

Loading...

यसमा तपाइको मत