नेपालको सेफको चाबी भारतसँग छ – नेमकिपा अध्यक्षय बिजुक्छें

विआरटि नेपाल सम्बाददाता- भक्तपुर,१३ भदौं

Published on August 29, 2016 at 8:33 am

narayan man

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालको सेफको चावी भारतसंग भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम बोल्दै बिजुक्छेंले सरकारमा जाने मन्त्रीहरुको नाम पहिले नै दिल्लीले निर्धारण गरेको र पछि उनै नामका मन्त्रीहरु हुनुले प्रमाणित भएको बताएका हुन् ।

सभामुखको भूमिकामा प्रश्न खडा भएको बताउँदै उनले आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा पर्दा सहि ब्यक्तिलाई सहि स्थान दिन नसक्नुको परिणाम सभामुखको कार्य सम्पादनले प्रष्टाएको बताए ।

बिजुक्छेंले सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त बिद्युत सम्झौता गरिँदै छ यसको साँचो भारतमा रहने भएकाले नेपालका लागि हित नभएको भन्दै उनले अघिल्लो सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताब गर्नु र हाल माओबादीकै नेतृत्वको सरकारमा संसदमा बिधेयक प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारत प्रतिको झुकाव प्रष्टाएको बताएका छन् । उनले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्टिँदै गएको बताए ।

दक्षिण एसिसामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने उनको टिप्पणी छ ।

प्रचण्डको नेतृत्वको सरकार गठनसँगै जसरी बिशेष दुतका रुपमा भारतमा बिमलेन्द्र निधिलाई पठाईयो यो गलत भएको भन्दै उनले कुस्ती खेल्न पठाउनु पर्ने ब्यक्तिलाई दुतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको उनकोे भनाई छ ।

स्थानिय निकायको निर्वाचनको समय जसरी तोकिएको छ यो सम्भव नरहेको भन्दै १४ अञ्चल ७५ जिल्लाकै आधारमा निर्वाचन नगरिए दुई तीन वर्ष सम्म पनि निर्वाचन नहुने उनको दाबी छ । तीनवटा निर्वाचन एकै समयमा गर्न नसकिने निर्वाचन आयोगले समते बताई रहेका बेला जसरी वर्तमान सरकरले लिंडे ढिपिमा लागिरहेको छ यसले पनि प्रष्टाउँछ कि सरकारमा आउन छिमेकीले लगाएको गुण तिर्न उनीहरु लागि पर्ने र नेपालमा अस्थिरता बढाउँदै लगाएको गुण तिर्न लागि परेको आरोप लगाए ।

भारतीय राजदुतले नेपालमा गरिरहेको क्रियाकलाप कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको र नेपालको राजदुत फिर्ता सँगै भारतले पनि आफ्नो राजदुत फिर्ता बोलाउनु पर्ने भएता पनि नेपाल सरकारको निरहिता र भारतको हेपाहा प्रबृतिकै कारणले नेपालमा मनपरि काम गरिरहेको उनको भनाई छ ।

Loading...

यसमा तपाइको मत