हास्य टेलीचलचित्र हाक्का हाक्की आइतबारबाट पुन: सुचारु

सूर्य चन्द-काठमाडौं, १३ भदौ

नेपाल टेलिभिजन बाट हरेक आइतबार बेलुकी ८:४५ मा प्रसारण भई रहेको चर्चित हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्की पुन आज बाट ८:४५ बाट नै सुचारु हुने भएको छ l प्रायोजित कम्पनी मिडिया हबको र अन्य विविध प्राविधिक कारणबस केही समय प्रसारण रोकिन गएको उक्त हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्की पुन प्रसारण हुने भएको छ l अब भने चर्चित हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्की मिडिया हबको प्रस्तुति नभई डी एल फिल्म को प्रस्तुतिमा आउने कुरा निर्माता राम थापाले बताए l प्राविधिक कारणले गर्दा प्रसारण रोकिएकोमा क्षमा याचाना गर्दै अब आउने दिनहरू मा अझ बढी सशक्त रूपले दर्शकहरु को माग लाई ध्यान दिँदै पूर्ण रूपमा नेपाली दर्शकहरु लाई मनोरंजन दिने कुरा चर्चित हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्कीकि चर्चित कलाकार कविता शर्मा बताउछिन lunnamed (2)

दमन रुपाखेती द्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्की हाक्कीले सम समाहिक विषय बस्तु लाई समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ l छोटो समयमा नै दर्शकहरु को मन मुटुमा बस्न सफल चर्चित हास्य टेली चलचित्र हाक्की हाक्कीले अहिले सम्म आइपुग्दा समय सापेक्ष परिवर्तन गर्दै दर्शकहरु लाई नयाँ नयाँ स्वाद दिन पनि सफल भएको छ l यस हास्य ब्यङ्ग टेलि सिरियल हाक्का हाक्कीमा नेपालका चर्चित कलाकारहरू को समावेशी रहेका छ जसमा दमन रुपाखेती, कविता शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, शिव शर्मा, मणिराज काफ्ले, सरस्वति खड्का थापा, जनक बर्तौला,प्रकाश न्यौपाने, सिम्रन पौडेल, गोविन्द खतिवडा लगायत अन्य चर्चित कलाकार हरू को भूमिका रहेको छ भने मुख्य व्यवस्थापन र मुख्य सहायक निर्देशनमा उमेश कुमार केसी रहेका छन् ।unnamed (3)

Published on August 29, 2016 at 1:28 am

Loading...

यसमा तपाइको मत