विविध कार्यक्रमबिच राजधानी कन्कर्डमा ५२४३औं कृष्णजन्माष्टमी उत्सव सम्पन्नः

बिआरटी नेपाल प्रतिनिधि, न्यु ह्याम्पसायर ।

अमेरिकाको न्यूह्याम्पसायर राज्यको राजधानी कन्कर्डमा विविध कार्यक्रम सहित ५२४३औं कृष्णजन्माष्टमी मनाइयो । गत बिहीबार अगस्त २५ तारिक २०१६का दिन राज्यका विभिन्न सहरहरूबाट आएका करिब तीन सय हिन्दु धर्मावलम्बी भक्तजनहरूले राजधानी कन्कर्डमा रहेको एक सामुदायिक केन्द्रमा जम्मा भएर सामुहिकरूपमा भव्यताकासाथ श्रीकृष्ण जन्माष्टमी उत्सवलार्इ विविध कार्यक्रम आयोजना गरी सम्पन्न गरेका हुन् ।

बिआरटी नेपालसँग कुरा गर्दै आयोजक प्रमुख राधिका आचार्य मिश्रले भन्नु भयो, “सामूहिक गरिने धार्मिक र सामाजिक गतिविधि र कार्यक्रमहरूले विदेशमा रहेका हिन्दु नेपालीहरूमा अपनत्व विकास गर्नुका साथै नव सन्ततिहरूलार्इ नेपाली समाजका अथाह धार्मिक र सामाजिक कार्यक्रमहरूका विषयमा सिकाउन पनि मद्धत पुग्ने छ।“

बिहान ९ बजे पुजाआजा र भलाकुसारी गर्दै सुरु भएको उक्त एक दिने उत्सव साँझ पाँच बजे समाप्त भएको थियो ।

मण्डपमा पूजाआजा र पठनपाठनमा सम्लग्न पुरोहित तथा पण्डितहरू । फोटोः बेकी फिल्ड, कन्कर्ड न्यू ह्याम्पसायर

मण्डपमा पूजाआजा र पठनपाठनमा सम्लग्न पुरोहित तथा पण्डितहरू । फोटोः बेकी फिल्ड, कन्कर्ड न्यू ह्याम्पसायर

एक दर्जन नव र स्थापित पुरोहित तथा पण्डितहरूले दिनभरि नै भागवत महापुराण, गीता, कृष्णचरित्र, रूद्री, चण्डी, वेद लगायतका विभिन्न हिन्दु धर्म अन्तर्गतका धार्मिक ग्रन्थहरू यथासक्ति वाचन गरेका थिए । पठनपाठन कार्यक्रमको संयोजकमा पण्डित देवी खनाल खटिनु भएको थियो । पण्डित सुदर्शन नेपाल मूल पुरोहितका रूपमा मण्डपमा खटिनु भएको थियो भने स्थानीय समाजसेवी घनश्याम दाहाल मूल कर्ताका रूपमा सक्रिय हुनुहुन्थ्यो ।

अभिनन्दित व्यक्तित्व द्वय राजेश चौहान र तिलक निरौलालार्इ सम्मान प्रदान गर्दै भुटानी समाज न्यू ह्याम्पसायरका कार्यकारी निर्देशक टिका आचार्य साथीमा पुरोहित र पण्डितहरू । फोटो उपेन्द्र ढुंगेल, कन्कर्ड न्यू ह्याम्पसायर ।

अभिनन्दित व्यक्तित्व द्वय राजेश चौहान र तिलक निरौलालार्इ सम्मान प्रदान गर्दै भुटानी समाज न्यू ह्याम्पसायरका कार्यकारी निर्देशक टिका आचार्य साथमा पुरोहित र पण्डितहरू । फोटो उपेन्द्र ढुंगेल, कन्कर्ड न्यू ह्याम्पसायर ।

१

कृष्णको भूमिकामा देखिनु भएका बालक तनुज आचार्य र वासुदेवको भूमिकामा देखिनु भएका होम आचार्य । फोटोः बेकी फिल्ड, कन्कर्ड न्यू ह्याम्पसायरमा अहिले न्यू ह्याम्पसायरमा रहेकी चर्चित नेपाली गायिक भारती उपाध्यायले श्री कृष्णमा समर्पित एक लोक भजन प्रस्तुत गरी भजन कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

अमेरिका भ्रमणका क्रममा स्थानीय कन्कर्ड, म्यान्चेस्टर लगायतका सहरहरूमा सक्रिय रहेका हिन्दु भजन मण्डलीहरूबाट भगवान् श्रीकृष्णमाथि समर्ण गरिएका विभिन्न रोचकिला र आध्यात्मिक भजन प्रस्तुत गरेर उपस्थित दर्शक तथा भक्तजनहरूलार्इ रोमाञ्चित तुल्याएका थिए ।

न्यू ह्याम्पसायर राज्यबाट हिन्दु पुरोहित र पण्डितहरू अन्य राज्यहरूमा बसार्इं सरेर गइसकेका भन्ने जनमानसका असन्तुष्टीहरूलार्इ निराकरण गर्न उक्त सामूहिक पठनपाठन कार्यक्रम आयोजना गरिएको पूजा कार्यक्रमका संयोजक पण्डित देवी खनालले बिआरटीलार्इ बताउनु भयो । तीन जना पण्डित र १० जना पुरोहित अझै स्थानियरूपमा उपलब्ध रहेकाले यहाँका हरेक हिन्दु धर्म अन्तर्गतका कर्मकाण्डहरूलार्इ सजिलैसँग गर्न सकिन्छ र यही कारण यहाँबाट अरूतिर बसार्इं जानु बुद्धिमानी होइन दर्शक दीर्घामा छलफल गुन्जायमान थियो ।

सप्ताहव्यापी भागवत महापुराणको पाँचौँ दिन सम्पन्न हुने कृष्ण जन्मोत्सव भव्यरूपमा प्रस्तुत गरिएको थियो । पण्डित देवी खनालले भागवत महापुराणमा संगृहित कथाका आधारमा छोटो प्रवचन गरी विधिवतरूपमा कृष्णको जन्म भएको घोषणा गर्नु भएपछि हलमा अबिर जात्रा, पुष्प वर्षा र हर्षोल्लासका आवाजहरू गुन्जिएका थिए ।

डालीमा कृष्ण लिएर गोकुल हिढेका वासुदेवको सम्झनास्वरूप कलाकार होम आचार्यले हलमा परिक्रमा सुरु गर्दा भजन समूहहरूबाट विभिन्न रोचकिला भजन प्रस्तुत गरी वातावरण पुरै उल्लासमय बनाएका थिए ।

उक्त कार्यक्रममा स्थानीय भुटानी समाज र कन्कर्ड टेलिभिजनको सम्युक्त पहलमा सन २०१४ को मार्च महिनाबाट नियमित प्रसारण भइरहेको कार्यक्रम हाम्रो आवाजमा स्वयमसेवकका रूपमा सक्रिय रहेर विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेका युवा द्वय राजेश चौहान र तिलक निरौलालार्इ दोसल्लाद्वारा सार्वजनिक अभिनन्दन र कदरपत्रद्वारा सम्मान गरिएको थियो

सोही६_5 अवसरमा भुटानी समाज न्यू ह्याम्सायरले नानीहरूलार्इ नेपाली भाषा, संस्कृति, रितीरिवाज, धर्म र परम्परा सिकाउने उद्धेश्यले सञ्चालनमा ल्याइएको हिमालयन ह्यारिटेज कार्यक्रममा स्वयम सेवक प्रशिक्षक रहेर समाजसेवा गरे वापद सङ्गीतकार जोडी हरिमाया अधिकारी र प्रेमसागर खतिवडालार्इ दोसल्लाद्वारा सार्वजनिक अभिनन्दन तथा कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।

सम्मान पछि बिआर्टीसँग बोल्दै पूर्वीय सङ्गीतमा स्नातकोत्तर हासिल गरी नेपाल तथा भारतमा लामोसमयसम्म अध्यापन समेत गराइसक्नु भएकी हरिमाया अधिारीले भन्नु भयो, “यस सम्मानले हामीलार्इ अझ यस क्षेत्रमा केही गर्नु पर्छ भन्ने उत्साह थपेको छ र अझ केही गर्ने जिमेदारिता थप महसुस भएको छ ।“

 

अमेरिकाको मासाचुसेट राज्यको बस्टन शहरलार्इ कर्म थलो बनाएर नेपाली गीतसंगीतका क्षेत्रमा अहोरात्र सक्रिय रहनु भएका कलाकारहरू श्याम नेपाली, रञ्जन बुडाथोकि, र नन्दु शङ्करको टोलीबाट पनि उक्त कार्यक्रममा सरिक भएर रोचकिला धुन, भजन तथा गीतहरू प्रस्तुत भएका थिए । उहाँहरूको सक्रियतामा बस्टन सहरमा हिमालयन ह्यारिटेज सङ्गीत विद्यालय पनि यसै वर्षबाट सञ्चालनमा आएको छ ।

श्रीकृष्णको जीवन लिलाका विषयमा प्रस्तुति दिँदै प्रवीण खनाल। फोटोः देवी खनाल म्यानचेष्टर न्यू ह्याम्पसायर ।

श्रीकृष्णको जीवन लिलाका विषयमा प्रस्तुति दिँदै प्रवीण खनाल। फोटोः देवी खनाल म्यानचेष्टर न्यू ह्याम्पसायर ।

सोही अवसरमा स्थानीय म्याचेष्टर सहरमा रहेको वेष्ट हाइस्कुलको कक्षा ९का विद्यार्थी प्रवीण खनालले भगवान् श्रीकृष्णको छोटो परिचय प्रस्तुत गर्नु भएको थियो ।

स्थानीय भुटानी समाजका कार्यक्रम निर्देशक भगिरथ खतिवडाले उक्त कार्यक्रमलार्इ सहयोग पुर्‍याउनु हुने दाता, सहभागी तथा उपस्थित भक्तजनहरूलार्इ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमलार्इ स्थानीय भुटानी समाजले सहयोग गरेको थियो भने स्थानीय साहित्यकार पुरानाघरेले सञ्चालन गर्नु भएको थियो ।

 

Published on August 28, 2016 at 7:41 pm

Loading...

यसमा तपाइको मत