अमेरिकाको बोल्डरमा सुर-सुधा (फोटो फिचर)

विआरटि नेपाल सम्बाददाता फोटो: भुपेन्द्र महत

कोलोराडोको बोल्डर सहरमा सुर शुधाले आफ्नो साङ्गीतिक कोशेली प्रस्तुत गरेको छ । युनिटी चर्च बोल्डरमा पूर्वी शास्त्रीय तथा लोक सङ्गीतमा आफ्नो नाम स्थापित गर्न सफल भएका दक्ष कलाकारहरू प्रेम लामा औतारिको बाँसुरीको निखारता, सुरेन्द्र श्रेष्ठको उत्कृष्ट र खारिएको तबलाको ताल, राजिब श्रेष्ठको माझिएको औलाको जादूमय सितारको धुनसँगै विकास सुनुवारको गितार बादनको अबल्ल समायोजनामा गुञ्जिएको धुनले नेपाली सङ्गीतलाई विश्वाको कुनामा छर्ने काममा नयाँ आयम थपेको छ । सङ्गीतको भाषा हुँदैन भन्ने कुरालाई आज सहभागी धेरै अमेरिकन सङ्गीत प्रेमीको उपस्थितिले प्रमाणित गरेको छ।

DSC_9458

अमेरिकी नागरिक पाउल टेम्पल तथा उनलाई साथ दिएका नेपाली कलाकारहरू सीमा पोखरेल, रुबी श्रेष्ठ, सरिना श्रेष्ठ, प्रदिती श्रेष्ठ र निकिता श्रेष्ठले ॐ शान्ति ॐ को साङ्गीतिक लयबाट सुरु भएको उक्त साङ्गीतिक कार्यक्रम सुर शुधाको अति लोक प्रिय दसैँ धुन र रेसम फिरिरी लोक धुनमा गएर टुङिएको थियो । करिब एक महिनाको साङ्गीतिक यात्राको क्रममा अमेरिकाको विभिन्न राज्यमा EMPOWER NEPAL TOUR 2016 नाम दिएर अघि बढेको सो टोलीले डलास, अस्टिन, सिकागो, न्युयोर्क, पिटस्बर्ग, स्प्रिङ्ग फिल्ड, वासिन्टन, बाल्टिमोर हुँदै बोल्डर कोलोराडोबाट यसपालिको आफ्नो यात्रााको समापन गरेको छ।

नेपालDSC_9459लाई निकै नजिकबाट नियालेका पूर्व एम्बेस्डर Scott Delisi ले नेपाल, नेपालको प्राकृतिक सुन्दरता, नेपालले भोग्नु परेको प्राकृतिक प्रकोप र नेपाल निर्माणमा सहयोगी हातको महत्त्व आदिको अतिनै आकर्षक रूपमा प्रस्तुत गर्नु भएको थियो भने समाजसेवी तथा रक्की माउन्टेन फ्रेन्ड अफ नेपालका पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले नेपालको धार्मिक विशेषता सहित हिलिङ बल र यसले पार्ने सकरात्मक प्रभावको बारेमा प्रकाश पार्नु भएको थियो।

DSC_9466

सुर सुधाका सदस्य सहित कार्यक्रम सञ्चालनमा सहयोग पुराउने पाउल टेम्पललाई संगितज्ञ तथा गायक हिरण्य भोजपुरेले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने Ambassador Scott Delisi लाई पूर्व हाउस अफ representative डेब गार्डनरले खादा सहित सम्मान गर्नु भएको थियो । ए एन ए का पूर्व अध्यक्ष सुमन तिमल्सना र Scott Delisi को पहलमा सम्पन्न भएको सो कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नु हुने महानुभाव तथा उपस्थित हुने सम्पूर्ण सङ्गीत प्रेमीलाई रुबी श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

Published on August 28, 2016 at 7:12 pm

Loading...

यसमा तपाइको मत