अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

रगतको अभाव पूर्ति गर्न रक्तदानका लागि अपिल

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते ८:५२ मा प्रकाशित
काठमाडौँमा रगतको अभावलाई परिपूर्ति गर्नको लागि रक्तदान शिविरको सँख्या  बढाउन र  रक्तदान गर्न विभिन्न सँघसँस्था तथा रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ ।  अस्पताल तथा विरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठ जस्ता महत्वपूर्ण चाडको समयमा रक्तदान शिविर र दाताहरुको सँख्यामा कमी भएकोले आपूर्ति घट्दा अहिले काठमाडौँमा रक्त अभाव भएको हो ।
यस अवस्थालाई सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डप स्थित रक्तसञ्चार केन्द्रको पुरानो भवन रहेको खुला ठाँउमा विशेष रक्तसँकलन क्याम्प हिजोदेखि सञ्चालन गरिरहेको छ ।
रक्तसञ्चार केन्द्रकी निर्देशक डाक्टर मनिता राजकर्णिकारले भन्नुभयो ः चाडबाडको समयमा विगतमा पनि समस्या भएपनि यसपालिको दशैँमा दाताहरुको सँख्या नघटेको र रक्तसञ्चार केन्द्रमा मौज्दात रहेकोले समस्या थिएन । तर, तिहार तथा छठ पर्वको समयमा अभाव भएकोले विशेष क्याम्प सञ्चालन र अनुरोध गरिएको हो ।
रक्त आपूर्ति सहज नभएसम्म हरेक दिन विहान ११ बजेदेखि दिउसो ३ः३० बजेसम्म भृकुटीमण्डपको क्याम्प नियमित चलाइने छ ः नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले बताउनुभयो ।
क्याम्प व्यवस्थापन गरिरहनुभएका रक्तसञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले छठ पर्वका दिन २ बजेसम्म सो शिविरमा २४ जनाले रक्तदान गरिसक्नुभएको र लाउड स्पिकरबाट पनि रक्तदानको लागि अनुरोध गरिरइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू