‘फ्रेन्ड्स अफ नेपाल’द्वारा नेपथ्यको प्रस्तुतिबाट बचेको रकम पशुपति फाउण्डेसनलाई

उपेन्द्र सापकोटा-लस एन्जलस २७ अगष्ट

Published on August 27, 2016 at 9:57 am

556618_309124055843519_2078485780_n

अमेरिकाको लस एन्जलसमा नेपालीहरु द्वारा निर्मित श्री पशुपतिनाथ फाउनडेशनमा कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा तथा भक्ति सङ्गीत गरी मनाइयो ।

साउदर्न क्यालिफोर्नियामा बस्ने नेपालीहरूको उपस्थिति रहेको यस भक्ति सङ्गीत र पूजा कार्यक्रममा लामो समय रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गर्ने पुरुषोतम सापकोटाले भजन गाएका थिए ।

नेपालीद्वारा एक करोड भन्दा बढी रकममा खरिद गरिएको भवनमा हिन्दु र बुद्ध धर्मका देवीदेवताहरुको मूर्ती स्थापना गर्ने कार्य स्वरूप सिटि अफ नर्वाल्कबाट अनुमति प्राप्त भइसकेको र पुरा काम शिव रात्रि भन्दा अगावै सम्पन्न गर्ने योजनामा रहेको अध्यक्ष भक्त थापाले जानकारी दिए ।

आज भएको श्रीकृष्ण जन्माष्टमीको स्पोन्सर समाजसेवी तथा फाउनडेशनका सल्लाहाकार वेदभक्त जोशीले गर्नु भएको थियो ।
सोही कार्यक्रममा फ्रेन्ड्स अफ नेपालले नेपथ्य ब्याण्डको प्रस्तुतिबाट बचत भएको रकम फाउनडेशनलाई दिने प्रतिबद्धता गरे बमोजिम फ्रेन्ड्स अफ नेपालका अध्यक्ष मुकुन्द ढुंगानाले श्रीपशुपतिनाथ फाउनडेशनका अध्यक्ष भक्त थापालाई पाँच हजार डलर हस्तान्तरण गरेका छन । ब्याण्डले जुन २५ मा सान्तामोनिकामा आफ्नो प्रस्तुति दिएको थियो ।

Loading...

यसमा तपाइको मत