आशा शाहीको तीज गीत ‘नाचौ झुमेर’… (भिडियो सहित)

विआरटि नेपाल सम्बाददाता-काठमाडौ, १० भदौ

Published on August 26, 2016 at 4:15 am

unnamed (4)

गायिका आशा शाहीको तीज गीत ‘नाचौ झुमेर’को भिडियो सार्वजनिक भएको छ । पवि घिमिरेको शब्द र राजेशकुमार श्रेष्ठको सङ्गीत रहेको ‘नाचौं झुमेर’को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

सङ्गीतकार राजेश श्रेष्ठकै सङ्गीत संयोजनमा तयार भएको तिज गीत ‘नाचौ झुमेर’को भिडियोमा अनु शाही, दीपक कोइराला, बसन्ती रावल लगायतका कलाकारहरूको अभिनय रहेको छ । सागर लामा(पेम्बा)को निर्देशनमा तयार भएको भिडियोलाई उमंग शाहीले खिचेका हुन् भने विनोद श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रत्येक वर्ष तिज गीत निकाल्दै गायिका आशा शाहीले विगतका वर्षका तीज गीत जस्तै यो वर्षको तीज गीतलाई पनि दर्शक\स्रोताले मन पराउने दाबी गरेकी छन् ।

Loading...

यसमा तपाइको मत