मैले नबुझेको कुरा, बल्ल बुझिदै छ-राजतन्त्र र नेताको आर्थिक क्रान्ति

अविश अधिकारी

नेपाल विश्वको क्षेत्रफलको हिसाबले सानो देश मध्य एक हो । जनसख्या, राजनीतिक दल र सबैभन्दा बडी सांसद पाल्ने सबै भन्दा ठुलो देश फेरी नेपाल पर्छ । नेपालले आर्थिक वृद्धि समृद्धि एव उन्नति गर्नको लागि धेरै स्रोत नभएको हैन तर कुरा रह्यो साधन र प्रवृधिको । साधन र दक्ष जनशक्ति उत्पादन गर्ने हो भने नेपालकै स्रोत प्रयोग गरी आर्थिक क्रान्ति गर्न सम्भव छ तर त्यो वर्तमान विकसित राजनीतिक घटनाक्रम र अस्थिर सरकार नै बाधक रहेको छ ।

पृथ्वीनाराणय शाह देखी राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव सम्म विश्लेषण गर्ने हो भने नेपालमा सयौ घटना नघटेका हैनन् तर २०६२/६३ साल देखि हाल सम्म भएका राजनीतिक घटना क्रमले मुलुकलाई थप अस्थिर सँगै आर्थिक ह्रास एव ५० वर्ष पछाडि प¥यो देश यो विषयमा सोच्ने कसले ? देशमा आधी जनसङ्या पार्टीको क्रियाशील सदस्यहरूले ओगटेको छ बाकीँ कोही बुढा केटाकेटीले ओगटेको छ पार्टीका कार्यकर्ता सिद्धान्त राम्रो होस या नराम्रो होस पार्टीकै झण्डा मुनि बस्छन आर्थिक समृद्धिको त कुरै छोडौ अव यस विषयमा गम्भीर भएर सोच्ने कसले ?

जता हे¥यो उतै दुःख लाग्दो परिस्थिति छ मुलुक थप जटिलता तिर लम्कीरहेको छ सरकारी काम कारबाही सुस्त त जहाँ जाऊ त्यहाँ राजनीति हुन्छ, राष्ट्र र राष्ट्रियता धरापमा छ कस्तो विडम्बना सरकारका मन्त्री विदेश भ्रमणमा निस्कीदा पार्टीका कार्यकर्ता स्वागत र बिदाइ गर्न विमानस्थल पार्टीको झण्डा बोकी जान्छन त्यहाँ राष्ट्रिय झण्डा फरफराईनु पर्ने हैन ? नेपालको राष्ट्रियता यस्तो धरापमा छ कहाली लाग्दो अवस्थामा गुज्रीरहेको छ । आफ्नो लागी सोच्ने यहाँ धेरै भए देशको लागि सोच्ने कोही भएन । दिनमा २४ घण्टा हुन्छ कम्तीमा पनि २ करोड नेपालीले १ घण्टाको हिसाबले श्रम दान गर्न सुरु ग¥यो भने पनि थप राष्ट्रलाई आर्थिक भार बाट कम छुटकारा हुने नै थियो यस बारेमा बुझ्ने को ?

नेपाल कृषि पदार्न देश, विश्वको दोस्रो ठुलो जलस्रोतको देश, आफ्नै भाषा अनि सस्कृतिले हराभरा भएको देश, शान्तिका प्रतीक गौतम बुद्धको जन्म भूमि, विश्वको सबैभन्दा उच्च शिर यही नेपालमा छ विश्व सम्पदा सूचीमा सुचिकृत धेरै देवालय, मठ, मन्दिर एव पर्यटकिय स्थल पनि यही छ । सत्य युगमा भगवानहरुको जन्म र वासस्थान भएको पवित्र भूमि पनि यही हाम्रो देश । विडम्बना दैनिक खेती योग्य जमिन नाश गरिदैछ यहाँ जमिन नास गर्ने अनि खाद्य बस्तु दोस्रो देशबाट आयात गर्ने कति सुखी हामी यस विषयमा खै गम्भीर भएको हामी । मलाई एउटा घटनाको याद दिलायोः

लण्डनमा कार हाकीरहेको थिए सँगै क्यानडियन साथी थियो, अलि बडी गतिमा हाकेको थिए अनि साथीले भन्यो अविश अलि बिस्तारै हाक न कार तिम्रो देशमा त भगवान् छन् बचाउछन तर मलाई कसले बचाउछ भन्यो । यसको मतलब हो नेपालको हिमालय पर्वतलाई भगवानहरुको जन्म स्थानको रूपमा लिग्दा रहेछन् यस्तो पवित्र भूमिलाई हामीले चिन्न सके छैनौ ।

कहीँ नभएको जात्रा हाडी गाँउमा भने जस्तै हामी एक नेपालीले एक नेपाली अगाडी बढेको देख्न नसक्ने, अरूको प्रगति उन्नतिमा प्रशंसा त परै जाओस खुट्टा तान्न तल्लीन हुन्छौ हामी ईच्या, डाहाले भूतुक्क हुने हामी नेपाली राम्रो काम गरेर देखाउन नसक्ने उल्टो गर्नेलाई ढाडनै भाचिने गरी खुट्टा तान्न तल्लीन छौ ।

जागिर खादा पनि राजनीति, सरकारी काम काजमा पनि राजनीति, पुलिसमा जाऊ राजनीति जहाँ जाऊ त्यही राजनीति, राजनीति केको लागि अनि कस्को लागी गर्ने भन्ने स्पष्ट ज्ञान नभएकै कारण देश झनझन पछि परेको छ । यहाँ त जनता माथि राजनीति भएको छ जनतालाई पटक पटक झुक्याउने काम भई रहेको छ । जनता मरेको मरै, जनताको आवाज शून्य को ? राजतन्त्र थियो देश राजाको नियन्त्रणमा थियो राजनीतिक दल राजसंस्था देखि डराउथे राजनीति स्थीर थियो देशको हित विपरीत कार्य गर्दा राजा द्धारा अस्वीकृत हुन्थ्यो यस्तो परिवन्धनमा बाधिएको थिए राजनीतिक दल । राष्ट्र र राष्ट्रियता मजबुद थियो । १० वर्ष जनयुद्ध भयो त्यहाँ १७ हजार जनताको मृत्यु भयो । त्यो बाट पनि केही परिर्वतन देखिन केवल देखे राजनीतिक खिचातानी ।

तर अहिले फोहोरी राजनीतिक खेल खेलीएको छ जनताको टाउकोमा राष्ट्रिय ऋण थुपारीएको छ । प्रति व्यक्ति राष्ट्रलाई ऋण २५/३० हजार पु¥याइएको छ । यो ०६२/६३ पछिको अवस्था हो । अव आफै बुझौ देश र राजनीतिक अवस्था यस विषयमा गम्भीर हुन जरुरी छ राजनीति होस जनता माथि नहोस भन्ने मेरो मान्यता हो ।

Published on August 25, 2016 at 7:44 am

Loading...

यसमा तपाइको मत