नयाँ शक्तिलाई राजनीतिक दलको मान्यता

रासस

काठमाडौँ, भदौ ८ गते । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई राजनीतिक दलको मान्यता दिएको छ ।

दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगले सो पार्टीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ तथा अन्य प्रचलित कानुनबमोजिम आयोगमा बुझाउनुपर्ने विवरण तोकिएकै म्यादभित्र बुझाउन पनि अनुरोध गरेको छ ।

Published on August 24, 2016 at 11:48 am

Loading...

यसमा तपाइको मत