एलजी फिल्म अवार्डमा भाग लिन हलिऊड डिरेक्टर डिगर मेस काठमाडौंमा

विआरटि नेपाल सम्बाददाता-काठमाडौं, ८ भदौ

हलीऊड निर्देशक डिगर मेस काठमाडौं आएका छन् । डिगर मेस सिनेमा सर्कल नेपालले आयोजना गरेको एलजि फिल्म अवार्डमा भाग लिन बुधवार काठमाडौं आएका हुन् ।

कतार एयरओएजबाट काठमाडौं आएका मेसले अर्वाड कार्यक्रम संगै यो बिचमा लिटील शेर्पा नामक डकुमेन्ट्री मुभि समेत छायांकन गर्ने जानकारी आयोजक कमीटिका अध्यक्ष दिनेश डिसीले दिएका छन् ।

सोही कार्यक्रममा भाग लिन बलिऊडबाट सत्रुघन सिन्हा र जापानबाट डिरेक्टर मितबयासी पनि आऊने प्रेस मिटमा खुलाईएपनि हलिऊड डिरेक्टरको नाम भने आयोजकले गोप्य राखेको थियो  । २२ बिधामा हुने अवार्ड आर्मी आर्मी अफिसर्स क्लबमा भदौ २२ गते हुँदैछ ।

Published on August 24, 2016 at 9:09 am

Loading...

यसमा तपाइको मत