‘वाईफाई जोडिदेउ बुढा’मा डिठ्ठा साब देखीए अनु कार्की संग (भिडियो सहित)

विआरटि नेपाल सम्बाददाता-काठमाडौं, ८ भदौ

संगीतकार राज सागरको शब्द र संगीतमा गायीका अनु कार्कीले तिज गीत‘ वाईफाई जोडीदेउ बुढा‘ बजारमा ल्याएकी छन् । गायीका अनु कार्की संगै दिपा लामा र सुनिता लिम्बुको पनि आवाज रहेको बाईफाई जोडिदेउ बुढाको भिडियो सहित कार्कीले आफ्नो तिज गीत बजारमा ल्याएकी हुन् ।

प्र्रबिधिको बिकास संगै सामान्य गृहणीले पनि ईन्टरनेट चलाउन जानेपछि बुढालाई आफ्नो घरमा पनि वाईफाई जोड्न दवाव दिने कुरालाई गीतले चित्रण गरेको छ । मोवाईलमा नयाँ नयाँ गीतहरु डाउनलोड गरेर सुन्न पाईन्छ भन्ने थाहा पाएपछि श्रीमतीलाई वाईफाई जोड्ने भुत नै चढेको र सकेसम्म यो कुरालाई टार्दै आएको श्रीमानले अन्तत श्रीमतीको ढिपी र घरै छोडेर गै दिने धम्की संग हारेर घरमा वाईफाई जोडेको कथालाई यो गीतमाथी बनेको म्युजिक भिडियोले देखाएको छ ।

राज सागरकै संगीत संयोजनमा रहेको गीतमाथी बनेको म्युजिक भिडियोमा देखिएकी छन् हाँस्यकलाकार किशोर भण्डारी डिठ्ठा साव संग गायीका अनु कार्की । कलाकारीतामा राम्रो छवि बनाएका किशोर भण्डारीको अभिनय त राम्रो हुने नै भयो, आफ्नो गीतमा आफैं अभिनय गरेकी अनु कार्कीको अभिनय पनि प्रशंसा योग्य रहेको छ ।

नुवाकोटको जितपुर बेसी आसपासका ठाउँहरुमा छायांकन गरिएको भ्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने सन्तोष राजबहाक यो भिडियोको निर्देशक हुन् ।

 

Published on August 24, 2016 at 2:11 am

Loading...

यसमा तपाइको मत