मध्य ईटालीमा भूकम्पको ठूलो झट्का, धेरै संख्यामा मानिसको मृत्यु

एजेन्सि, ६ भदौ

एका बिहानै मध्य ईटालीलाई केन्द्र बनाएर गएको ६.२ रेक्टर स्केलको भुकम्पले ठुलो क्षति पुरयाएको छ । बिहान ३ बजेर ३६ मिनेटमा गएको उक्त शक्तिशाली भुकम्पका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको खवर छ ।

भुकम्पका कारण पूल, सडकमा क्षति भएको न्यूयोर्क टाईम्सले उल्लेख गरेको छ । त्यहाँका बासिन्दाहरुमा पनि त्रास फैलिएको र उनिहरु सहयोग र उद्धारका लागि गुहारी रहेको पनि जनाईएको छ ।

यस अघि २००९ मा ईटालीमा गएको शक्तिशाली भुकम्पका कारण ३०० जनाको मृत्यु भएको थियो भने ६५ हजारको हाराहारीमा घरबार बिहिन भएका थिए ।

Published on August 24, 2016 at 12:04 am

Loading...

यसमा तपाइको मत