लस एन्जल्समा तिज शुभकामान साँझ-२०१६ सम्पन्न

तेज ढकाल, लस एन्जलस,

Published on August 23, 2016 at 11:30 pm

la teej 2015

नेपाल अमेरिका एकता समाजले हिजो तिजको पूर्व सन्ध्यामा “हरितालिका तीज शुभकामना साँझ – २०१६” कार्यक्रम आयोजना गरेको छ । नेपाली परम्परा अनुसार चेलीहरुलाई माइतमा दरखान बोलाउने र माइतीमा बसेर नै खाने प्रचलन अनुसार एकता समाजले माइतीको भूमिका निर्वाहा गर्दै सबैलाई निमन्त्रणा गरी दर खुवाएका थिए ।

सुनिता थापा मगरका तीज गीतहरुको प्रस्तुतिले कार्यक्रममा रोचकता प्रदान गरेको थियो भने स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा थप रोचकता प्रदान गर्नुका साथै आफ्नो कला प्रस्तुति दिने अवसर समेत प्राप्त भएको थियो ।

la teej2

समाजले केही समय देखि स्थानीय बाल प्रतिभा र कलाकारहरुलाई प्रतिभा प्रस्तुतिको अवसर प्रदान गर्दै खुल्ला रूपमा प्रतिभा प्रस्तुत गर्न वा आफ्ना नानीहरूलाई सहभागी गराउन इच्छुक भए सम्पर्क गर्न समेत अनुरोध गरेको थियो ।

स्थानीय हिमालयन तारा कुजिनमा भएको कार्यक्रम विगतमा भन्दा भिन्नरुपमा आयोजना गरिएको थियो । दर खाने कार्यक्रम बाहिर पाल टाँगेर र सांस्कृतिक कार्यक्रमको आयोजना भित्र व्यवस्थितरुपमा गरिएको थियो । संस्थाका पदाधिकारीहरू र स्वयम् सेवकले कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग पुरयाईरहेका थिए । चेलीहरुलाई दर खुवाउने योजनाका साथ सुरु भएको कार्यक्रम दाताहरुको सहयोगबाट सबै उपस्थितलाई निःशुल्क दर खुवाउने व्यवस्था मिलाइएको थियो ।

la teej3

Loading...

यसमा तपाइको मत