लस एन्जलस बासीहरुका बिच विनोद चौधरी

विआरटि नेपाल सम्बाददाता, लस एन्जलस

Published on August 23, 2016 at 10:30 pm

La Binod C (2)

एन आर एन ए क्यालिफोर्निया च्याप्टरको आयोजनामा लस एन्जलसमा नेपालका एक मात्र अरबपती विनोद चौधरीसँग अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा लसएन्जलस बासीहरुले स-गौरभ उहाँलाई स्वागत गरेका थिए ।binod chaudhari

सन्डियागो राज्यका वाणिज्य दुत ऋशी ढकाल, सिटी अफ आर्टेसियाका मेयर भिक्टर मनालो, कानुन व्यवसायी खगेन्द्र जिसी, एसियन अमेरिकन अधिकारकर्मी डा. नजिरा दाउत, एन आर एनका उपाध्यक्ष कुमार पन्त, क्यालिफिर्नियाका लागि नबनियुक्त पर्यटन दुत घन प्रसाद दवाडी आदिलाई आसन ग्रहण गराईएको उक्त कार्यक्रममा एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाले सभापतित्व गरेका थिए भने नेपालका प्रतिष्ठित उध्योगपती विनोद चौधरीलाई प्रमुख अतिथि बनाइएको थियो ।

सानफ्रान्सिस्को र लसएन्जलस वरी-परी बस्ने व्यापारी समुदाय, विभिन्न सङ्घ संस्थाका प्रमुखहरुको र पत्रकारहरुको सहभागिता रहेको उक्त भव्य कार्यक्रममा वसिङ्टन, सियाटलका एसिया प्यासिफिक कन्सुलर मोहन गुरुङको विशेष उपस्थिति रहेको थियो ।
La Binod C (1)
बाणिज्यदुत ऋशी ढकालले नेपाली परम्परागत शैलीको नेपाली बस्ती बनाउने यहाँका नेपाली समुदायको चाहना रहेकोले सो कार्यकोको लागि विनोद चौधरीलाई सहयोग गरिदिनु हुन अनुरोध गरेका थिए । लस एन्जलसका अर्का समाजसेवी राजेन्द्र सिबाकोटिले लसएन्जलसमा व्यापारका सम्भावना भएका क्षेत्रहरुको बारेमा स्लाईड सो मार्फत प्रस्तुत गरेका थिए । क्याल स्टेट युनिभर्सिटिका डिन डा जित जोशीद्वारा अन्य एसियन तथा अरबी मुलुकहरूमा अमेरिकन युनिभर्सिटिका साखाहरु छन् भने नेपालमा किन पहल नगर्ने भनी जिज्ञासा राखिएको थियो ।

पैसा तथा सम्पत्तिले भरिपूर्ण हुनुमा बौद्धिक क्षमतानै महत्त्वपूर्ण हुदो रहेछ भन्ने कुरामा धनाढ्य चौधरीको भाषाणबाट पुष्टि हुन पुग्यो । समयले व्यापार व्यवसाय गर्ने शैलीलाई पनि बदलिदिएको छ । नयाँ-नयाँ प्राबिधिको आविष्कार भएकाले कोडाक जस्ता फोटो खिच्ने रिलको चलन हरायो । अन लाइन बिजिनेसले संसारलाई सानो बनाइदियो । त्यसैले पुराना शैलीका व्यवसायलाई पनि समयनुकुल परिवर्तन गर्दै लानु पर्ने बेला आएको छ नत्र बन्द हुन पुग्ने छन् एक दिन भनेर ब्यबसायीहरुलाई सुझाव दिएका थिए ।

बिच-बिचमा सास्कृतिक कार्यक्रमहरू प्रस्तुत भएको हुँदा सहभागीहरू अझ बढी खुसी देखिएका थिए । आर्टेसिया स्थित तारा हिमालयन कुजिनमा सम्पन्न उक्त कार्यक्रममा खानपिनको अति राम्रो व्यवस्था गरिएको देखिन्थ्यो ।

कार्यक्रम आयोजक संस्थाका उपाध्यक्ष राम बाबु पाण्डेको स्वागत भाषाणबाट सुरु भएको थियो भने अध्यक्ष पूर्ण बानियाले सबै पाऊना तथा आगन्तुकलाई धन्यवाद दिँदै समापन गरेका थिए ।

La Binod C (3)

Loading...

यसमा तपाइको मत