डालासमा बिलेनियर नेपाली व्यापारी विनोद चौधरीसँग अन्तरक्रिया सम्पन्न

विआरटि नेपाल सम्बाददाता, डालास

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको (एनआर एन) टेक्सस च्याप्टरको आयोजनामा गत शनिबार डालासमा प्रथम बिलेनियर नेपाली व्यापारी विनोद चौधरीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा टेक्सस च्याप्टरका उत्तम लामिछाने सभापति थिए। स्टेट च्याप्टरका अध्यक्षले सभापतित्व गरेको कार्यक्रममा एनआर एन अमेरिकाका केन्द्रीय उपाध्यक्षले कार्यक्रम सञ्चालन गरेको देख्दा एनआर एन अमेरिकाले कार्यक्रम गर्न सिक्न धेरै बाँकी रहेको प्रस्ट हुन्थ्यो।

dalas

समाजसेवी बाशु भण्डारीले स्वागत गर्नु भएको उक्त कार्यक्रममा चलचित्र कर्मी शैलेश आचार्य तथा नारायण पुरीले चौधरीको जीवनमा सिनेमा तथा रंगमंच क्षेत्रमा गर्नु भएको योगदानको चर्चा गर्नुभयो। कार्यक्रम एनएसटी अध्यक्ष कृष्ण लामिछानेले पनि मन्तव्य दिनुभएको थियो।

मान्छे धेरै उपस्थित भए पनि कमजोर तयारी र गर्न कै लागी गर्न मात्र कार्यक्रम गरेको जस्तो देखिन्थ्यो। तयारी नपुगेर हो या नजानेर जताभावी गराइएको आषण ग्रहणले कार्यक्रम भद्दा बनाएको थियो। आयोजक एनआर एनका एक बोर्ड ऑफ डाइरेक्टरले फेसबुक मार्फत कार्यक्रम प्रति ठुलै असन्तुष्टी व्यक्त गर्नुभयो।

dalas2

सफलताको सूत्र सिक्ने ठुलो आशा गरेर विनोद चौधरीको कुरा सुन्न झन्डै एक घण्टा ढिलो सुरु भएको कार्यक्रम सुन्न बसेका दर्शक नयाँ कुरा नसुनाएपनि पुरानै कुरा भए पनि लाइभ सुन्न पाउँदा रमाएर सुने।

व्यापारी चौधरीले पनि उही अन्तै भाषण गरिसकेका युट्युब र फेसबुकमा धेरै पटक शेयर भइसकेका आफ्ना तीन कथा सुनाए। सपना दिउसो देख्न र सो सपनालाई पच्छ्याउन सबैलाई सफलताको सूत्रको रूपमा व्याख्या गरे। अनि अमेरिकामा वाइवाई चाउचाउ फ्याक्ट्री खोल्ने तथा अमेरिकी भेञ्चर क्यापिटलमा नेपाली व्यापारी पनि समाहित हुने तयारी अन्तिम तिर पुगेको जानकारी समेत गराए।

dalas3

कार्यक्रममा विनोद चौधरीको आत्मकथा पुस्तकको मूल्य नेपाली रुपैयाँ ४२५ भए पनि सबैलाई सहयोग गर्न अनुरोध गर्दै डलर २० ले बिक्री गरिएको थियो। नेपाली मन्दिर टेक्ससको अर्भिंगमा रहेको सभाहलको अस्ति शनिवार साँझ अगष्ट २० मा उक्त कार्यक्रम गरिएको हो।

फोटो: बेदराज बस्नेत, लेखनाथ गौतम

Published on August 22, 2016 at 10:25 pm

Loading...

यसमा तपाइको मत