‘तीज विशेष साहित्यिक कार्यक्रम’ सिड्नीमा सम्पन्न

विआरटि नेपाल सम्बाददाता-सिड्नी, २२ अगष्ट

नेपाली भाषा संस्कृति र मौलिक चाड पर्वलाई माया गर्नु पर्छ भन्ने उद्देश्यले राखिएको “तीज विशेष साहित्यिक कार्यक्रम” सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (एनएसडब्लु)ले हरितालिका तीजको उपलक्ष्यमा राखेको ‘तीज विशेष साहित्यिक कार्यक्रम” आइतबार अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको हो ।

सानु घिमिरेको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा गाउँ बेसी भन्ञाङ चौतारीमा गुन्जने साथै नेपाली चेलिहरु आफ्नो माईति घरमा गई गाउने ती लोपहुन लागेका पुराना तिज लय भाकाहरु प्रस्तुत गरिएको थियो ।unnamed

महिला र पुरुष दुवैको बाक्लो उपस्थित रहेको कार्यक्रममा साहित्यकारहरु केदार पोखरेल, उमा कार्की ,सुर्यप्रकास जमरकटेल, वेद कुमारी न्यौपाने, कवि तथा पूर्व अनेसास एनएसडब्लुका सचिव सुरेन्द्र दवाडी गजलकार जितेन्द्र मल्ल, अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा, सचिव दीपक निरौला, साथै शिलु कोइरालाले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए भने साहित्यकार उमा कार्की एनआरएन अस्ट्रेलियाकी सल्लाहाकार जानकी पौडेल, अनेसास एनएसडब्लुकी कोषाध्यक्ष ममता तिवारी, सदस्य तृप्ती पाण्डे तथा सारदा पौडेलका साथै नेपालबाट आएका नेपाली महिला अविभावकहरुले पुराना नेपाली तिज लयका गीतहरू प्रस्तुत गरेका थिए।

उपस्थित सबैलाई दर समेत खुवाईएको कार्यक्रममा केही समयदेखि सिड्नीमा रहंदै आएकी चितवनकी साहित्यकार उमा कार्की नेपाल फर्कदै भएकाले कार्कीलाई खाता र मायाको चिनो सहित बिदाइ पनि गरिएको छ ।unnamed (3)

कार्यक्रममा नेपाली पत्रका प्रधान सम्पादक ऋषि आचार्य, समाजसेवी भरत पोखरेल, नेपाली युथ फोरम अस्ट्रेलियाका अध्यक्ष भरत देवकोटा, नेपाली युथ फोरम अस्ट्रेलियाका सचिव सागर अधिकारी, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिस तथा नाईफाका सदस्य भुवन पाण्डे ,रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका महासचिव कृष्ण गैरे, समाजसेवी तथा व्यवसायी युवराज भट्टराई लगायत थुप्रै नेपाली समुदायको बाक्लो उपस्थित रहेको थियो।

Published on August 22, 2016 at 11:46 am

Loading...

यसमा तपाइको मत