महेन्द्र मञ्जिलको बिद्युत लाईन काटेको बिरोधमा राजावादीहरु कडा प्रदर्शनमा उत्रदै

विआरटि नेपाल सम्बाददाता -काठमाडौं,६ भदौ

पूर्ब मुमा बडामहारानी महेन्द्र रत्न बसेको महेन्द्र मञ्जिलको बिद्युत लाईन काटेको बिरोधमा राजावादीहरु कडा प्रदर्शनमा उत्रने भएका छन् । उनिहरुले आज ४ बजे रत्नपार्कमा भेला भई कडा प्रदर्शनमा उत्रने चेतावनी दिएका हुन ।

उनिहरुले पित्रीको रुप धारण गरी सकेको अवला नारीलाई हेपेर बिद्युत लाईन काटेको आरोप लगाउँदै उनको पछाडी राजसंस्थाको लागी थोपा थोपा रगत बलिदान दिने शक्ति रहेको चेतावनी दिएका छन् । उनिहरुले सरकारलाई चेतावनी दिदै भनेका छन् ‘हामी राष्ट्र र राजसंस्थाको लागि लड्न र मर्न तयार छौं, सरकारले यसको दुष्परिणाम भोग्नु पर्छ ।’

राष्ट्रिय सरोकार मंच नेपालका अध्यक्ष सोम बिक्रम सिंहले बिआरटी संबाददातासँग कुरा गर्दै भने, ‘हाम्रो प्रदर्शनमा सरकारले बल प्रयोग गर्न खोजे हामी पनि कडा प्रतिकारमा उत्रने छौं । सरकारले यसरी सरासर हेपेर गरेकोे घृणित क्रियाकलाप मान्य हुने छैन ।’ साथै उनले सरकारले देखाएको यस्तो रबैयाको प्रतिकारका लागि सबै जनतालाई एकजुट हुन र आजको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

स्थापना कालदेखि नै राजसंस्था, हिन्दु राष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय सरोकार मंच नेपालले ६५ जिल्लामा आफ्नो बृहत संगठन रहेको दाबी गरेको छ । सरकारको गतिबिधीहरु आफुहरुलाई चित्त नबुझेपनी कति सम्म अराजकता बढ्दो रहेछ भनेर आफुहरु मौन बसेर मुकदर्शक बनीरहेको मंचका अध्यक्ष सिंहले बताएका छन् ।

हिजो मात्रै उर्जा मन्त्रालयले लामो समयदेखी ठूलो रकम महशुल नतिर्ने उपभोक्ताको बिद्युत लाईन कटान गरेको छ । बिद्युत लाईन कटान गर्नेमा महेन्द्र मंञ्जिलको पनि लाईन काटिएको थियो । देशमा गणतन्त्र पश्चात नारायणहिटी दरबार नेपाल ट्रस्टमा परिणत गरिएको थियो । सोहि नारायण हिटी दरबारमा रहेको महेन्द्र मंजिलमा पूर्ब मुमा बडामहारानी महेन्द्र रत्नलाई बस्ने ब्यवस्था सरकारले मिलाएको र त्यहाँको बिद्युतको महशुल नेपाल सरकारले नै तिर्नुपर्ने भएपनी लामो समयदेखिको बक्यौता रहेको कारण लाईन काटनु परेको उर्जा मन्त्रालयले जनाएको छ ।

महेन्द्र मंजिलको बिद्युतको बिल लामो समयदेखी बक्यौता रहदै आएको छ । लिलामणी पौड्याल मुख्य सचिव हुँदा महेन्द्र मंञ्जिलको बिद्युत महशुल तिर्ने प्रकृया अगाडि बढेपनि उनि सेवा निबृत भएपछि उक्त कार्य पुनः स्थगित भएको थियो ।

14101913_989662524465228_466687373_n

Published on August 22, 2016 at 12:03 am

Loading...

यसमा तपाइको मत