डिसीमा सुरसुधाको बेजोड प्रस्तुति

विजय थापा ,वासिङ्टन डिसी

शास्त्रीय साङ्गीतिक समूह सुरसुधा अहिले अमेरिकाको विभिन्न राज्यहरूमा एक महिने साङ्गीतिक प्रस्तुति यात्रामा रहेका छन् l अमेरिकाका राज्यहरू टेक्सस ,सिकागो ,न्यु योर्क आदि राज्यमा प्रस्तुति देखाउदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वासिङ्टन डिसीमा सुरसुधाको प्रस्तुति सम्पन्न भएको छ l

अगस्त २१ तारिख बाल्टिमोरमा सुरसुधाले आफ्नो प्रस्तुति गर्ने भएका छन् l नेपालको दीर्घ कालीन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट डेलेसी द्वारा स्थापित सोरवे फाउनडेसनको विशेष पहलमा सुरसुधाको कार्यक्रम गरी रहेको छ l

ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम तथा सोरवे फाउनडेसनका कार्यकारी निर्देशक पूर्व अमेरिकन राजदूत स्कट डेलेसीले कार्यक्रम प्रस्तुति गर्नु अगाडी सुरसुधा ल्याउनुको उदेस्य तथा आगामी दिनमा नेपाललाई कसरि सहयोग गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए l उनले म नेपाललाई ज्यादै माया गर्छु भन्दै सबैलाई साथ दिन आग्रह समेत गरेका थिए l

सुरसुधाको कार्यक्रममा विशेष सहयोग गर्ने सबै नेपाली समुदाय ,सङ्घ/संस्था , सौजन्यकर्ता ,सञ्चार माध्यम , व्यवसायी समेत लाई विशेष धन्यवाद दिएका छन् l अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधी)पनि उपस्थिति रहेका थिए l

कार्यक्रममा सुमन तिम्सिना तथा भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले कार्यक्रम पूर्व सुरसुधा को बारेमा बोलेका थिए l नेपालका लागि भूतपूर्व अमेरिकन राजदूत डेलेसी ले नेपाललाई सहयोग गर्छु भन्ने ईक्षा प्रकट गरेकोले हामी नेपाली भएको नाताले किन नेपालको लागि हामीले सहयोग नगर्ने भनी हामी अमेरिका आएका हौ भनी सुरसुधाका टोली प्रमुखले बताए l टोलीले खुसी व्यक्त गर्दै यो मानव सेवाको लागि गरेको काम हो भन्दै सुरसुधा टोलीले पनि स्वयम् सेवक रूपमा काम गरेको बताए l

Published on August 21, 2016 at 7:59 pm

Loading...

यसमा तपाइको मत