“हतियार र शक्तिको पहिचान “

निशा खनाल अर्याल - इजरायल

Published on August 21, 2016 at 3:23 pm

nisha aryal

“धार्मिक कथामा आधारित”
जुवांमा हारेक पाँच पाण्डवहरु वनमा गै सके पश्चात् सर्त अनुरूप तपसीको भेषमा रहेका पाण्डवले राजसी भेषमा रहन नपाउने थिए । जङ्गलको बिचमा पाँच कुटी पाण्डवको र द्रोपतीको कुटी सहित छ वटा हुन्छ । यता दुख र पिडा,कष्टमा रमाएको हेर्न मन व्याकुल दुर्योधनले उनीहरूको विजोग हेरेर खिल्ली उडाउदै रमाउने इच्छा जाग्दा आफ्नो सैनिक दुतलाई उनीहरूको अवस्था र गति कस्तो छ भनेर हेरेर आउने आदेश दिन्छ ।
सैनिकले त्यहा पुगेर देखे कि छ कुटी रहेछ । चार पाण्डव र द्रोपती राजकीय पोशाकले सुशोजित हातहतियार सहित आपसमा चर्को स्वरमा वादविवाद गर्दै भन्दै थिए हामी यतिका बलवान हुँदा हुँदै पनि के जङ्गलमा बस्ने ? छल कपट गरी जितेको जुवाको हारमा गरिएको अन्यायचित निणर्यलाई हामीले किन मान्ने ? जाली कौरवले कपटपूर्ण हामी माथि गरेको अन्याय र महाराज,मान्यजनबाट समेत न्याय पाउन सकिएन भने हाम्रो हातहतियारले कौरवलाई पराष्ट्र गर्न हामीले सक्छौ तर द्रोपतीको पीडा र उनीमाथि गरिएको अत्याचारलाई अब हामी धेरै दिन सहेर बस्न सक्नेछैनौ भन्दै रन्किदै युधिष्ठिरको कुटी भित्र प्रवेश गर्छन् ।

निरिक्षण गर्न गएका सैनिक दुतले आफ्नै कानले सुनेको र आखाँले देखेको हुँदा मिठो तकारिको स्वादमा सबै नुन मसला पुगे झैँ उनीहरूलाई पनि काण्ड पुग्यो ।
आफ्ना घोडालाई रफ्तार कुदाउदै चाडो गरेर यस्ता समाचार लिएर दुर्योधन निर गए । हतासिदै स्वाँ स्वाँ गर्दै लामो सास फेरेर पुगेका कौरवका सैनिकले भने महाराज ..! महाराज ..! लौन पाण्डवहरु त लडाइका लागि आउदैछन् भन्दै आफुहरुले सुनेका र देखेका सबै कुरा वृतान्त बताए, ।

सभामा पाँच पाण्डवको दुख र पीडाको बयान सुनेर खिल्ली उडाउन आतुर भएर पर्खेर बसेको दुर्योधन आफ्नै सैनिक दुतहरुबाट यस्ता किसिमको खबर सुनेर पसिनै पसिना भयो । जुरुक्क सभाबाट उठेर हतारिदै मित्र कर्णकोमा गयो । दुर्योधन त्यसरी एकाएक आत्तिदै आफूनिर आएको देखेर आश्चर्य मान्दै कर्णले सोधे । दुर्योधनले पनि आफ्नो सैनिक दूतले ल्याएको खबर वृतान्त बतायो अनि कर्णले दुर्योधनलाई आश्वाशन दिँदै भने म तिम्रो साथ छु मित्र किन चिन्ता गर्छौ ?

यसरी दुई बिचको सल्लाहमा भिष्म,द्रोण,विधुरलाई यी सम्पूर्ण कुरा सुनाउने कि नसुनाउने भन्ने प्रश्नमा ? दुबिधामा रहेका दुर्योधन र कर्ण युद्धको रणनीति तयार गर्ने परामर्शको लागि मामा सकुनिकोमा पुगे । सकुनीले दुर्योधनको हतास र चिन्ताको अवस्थामा उनले गरेको बयान सबै सुने पछि हास्दै भने ।

ए ए ..पाण्डवहरु लडाई गर्न पो आउंदैछन् ? सैनिक सहित हामीले पनि तयार हुने पर्ने हो ? चिन्ता नलिनु युवराज म सबै कुराको व्यवस्था गर्नेछु । तर मलाई जिज्ञासा भएको कुरा युवराज सँगै बुझ्न पर्‍यो ।
लौ भन्नुहोस् न पाण्डवहरुले कुन अस्त्र चलाउछन् ? हेर्नुस युवराज दुस्मनको अस्त्रको पहिचान नभई रणनीति बनाउन सकिदैन । दुस्मनको हतियारको पहिचान ,उनले गर्न सक्ने भेद,सामर्थ,त्यसको प्रभाव,त्यसबाट हुने सकारात्मक र नकारात्मक कुराहरू नबुझी लडाई गर्न गार्हो हुने भएकोले मलाई वाताउनुहोस् कि पाण्डवहरुले कुन हतियार प्रयोग गर्छन् र त्यो शस्त्रको नाम के हो ?
यस्तो सुनेर दुर्योधन झ्वाकिदै भन्छ तपाईँलाई पाण्डवले चलाउने हतियार,शक्ति सम्पूर्ण कुराको बारेमा थाहा हुँदा हुँदैपनि यसरी समस्याको चाडो हल निकाल्ने बेलामा मात्र प्रश्न किन ?
सकुनीले फेरी मुस्कुराउंदै भन्छन् हो मलाई त थाहा छ तर तपाईहरुलाई पनि थाहा हुनुपर्छ नि त्यसैले सोधेकी हुँ ।

कर्ण र दुर्योधनले एउटा आवाज निकाल्दै भने युधिष्ठिर देखि शहदेव सम्म पाँचै भाइका हरियारहरुको नाम र उनीहरूको शक्तिको सम्पूर्ण बयान गरेता पनि सकुनी सन्तुष्ट भएनन् । र सकुनीले भने युवराज तपाईहरुलाई थाहै नै रहेनछ मुख्य कुरा । दुर्योधन र कर्ण आश्चर्य मान्दै मामा सकुनिको अनुहार तिर हेरी छक्क परे । सकुनीले भने हे युवराज दुर्योधन दुस्मनको हरेक कुरा जान्नु अति नै आवश्यक हुन्छ लडाइमा अनि सबैकुरा थाहा नहुँदा कसरी लडाई जितुला भन्ने छ ? जे होस् यो लडाइमा कर्णको सहायता बिना नै युवराज दुर्योधनले मात्रै पनि लडाई जित्नुहुनेछ । यस्तो किसिमको सकुनीको कुरा सुनेर दुर्योधन र कर्णले आश्चर्य चकित भएर मामा सकुनिलाई हिरी रहे ।

सकुनीले फेरी भने हेर्नुस् युवराज दुर्योधन पाँच पाण्डवका दरिलो हरियार भनेको नै युधिष्ठिर हुन् ।
युधिष्ठिरको आदेश विना कुनैपनि हतियार चल्दैन । सैनिक दूतले देखेको र कानले सुनेको सबै ठिक हो तर युद्ध हुँदैन ।किनभने युधिष्ठिरको हतियार अर्थात् उनी सत्यको पालना गर्दछन् त्यसैले पनि युद्ध कुनै हालतमा हुनै सक्दैन उनले नै आफ्ना सबै भाइहरुलाई पनि रोक्ने छ युद्ध गर्नबाट ।

हुनपनि त्यस्तै नै भयो । द्रोपतीले भिमषेन र अर्जुनलाई रुँदै आफूमाथि खनिएको बज्रको पिडा बताए पछि सबै रन्किएर तातिदै युधिष्ठिरको कोठामा प्रवेश गरेका थिए तर युधिष्ठिरले चारै भाइका दबाबलाई अस्वीकार गरेर सत्यको पक्ष लिदै त्यसैमा हिड्न सबै भाइहरु लगायत द्रोपतीलाई पनि राजसी पोशाक र हतियार त्याग गराई तपसी पोशाकमा रहन निर्देशन दिए ।

सैनिक दूतले कानले सुनेका र आफ्नै आखाँले देखेका कुरा सबै गलत साबित भए । हो दुस्मनलाई पराजित गर्नुछ भने आफूले शत्रुको हतियार,पराक्रम,र उसको कमजोरी इत्यादिको पहिचान गर्नु भनेको युद्धको लागि महत्त्वपूर्ण कुरा हो अहिले विश्वपनि हतियारको आधारमा नियन्त्रित छ भने अमेरिकामा पनि अनेकौ शस्त्रु लागि रहेका हुन्छन् तर पनि अमेरिका अनेकौ शक्तिशाली परमाणु हातहतियार भएको उनीहरूमा विवेक प्रयोग गर्ने क्षमता भएको कारणले नै अमेरिका विश्वमा सबै भन्दा वलवान राष्ट्रको रूपमा चिनिन्छ । भने नेपालमा भएका हतियारहरूको पहिचान भएको र जनता,राज्यभित्रका नेताहरूको कमजोरी, विवेक, बलको मोल, के कति छ भनेर थाहा भएकोले नै गर्दा कथा कथित माओवादी द्धन्दमा माओवादीले विजय प्राप्त गरी देशमा जडा गाड्न सफल भएका थिए भने अहिले उसको हतियार,र बलको प्रभाव उनीहरूको क्रियाकलापले समाप्त हुँदै जादैछ भने उनीहरूको सामूहिक शक्तिपनि कम्जोर हुँदै गएको देखिन्छ त्यस्तै देशभित्रका निताहरुको मूल्य खसी,, बोका,राँगाको झैँ तोकी आज जगजगी भएर विदेशबाट हाम्रो देशमा धर्म निर्पेक्षक गराउन लागिपरेका विदेशीहरूले व्यक्तिको तोल्मोल लगाई उनीहरूको भाषा र डलरको तागतले दावा धर्ने धर्मको आडमा नेपालभित्र जड़ो गाड्न तलिन यी क्रिश्यंन वादी विदेशी दलाललाईपनि देशबाट लखेट्न उनीहरूको हतियारले नै उनीहरूलाई काट्न सक्ने हाम्रो एकताको विकुल फुकिनु पर्छ अनि शत्रुलाई हराउन उनीहरूको कमजोरीलाई बुझ्न र शक्तिलाई पहिचान गरी हतियारलाई चिन्नु नै शत्रुलाई पराजित गर्नु हो | आउनुहोस् आफ्नो राष्ट्रको हितको लागि हामी सबै जुट्यौ र मातृभूमिको रक्षाकोलागि दुस्मनको हतियार उसैको कमजोरी बनाई प्रयोग गरौँ र देशको रक्षा गरौँ |

Loading...

यसमा तपाइको मत