विमल गिरीको ‘विभाजित मन’ विमोचित

विआरटि नेपाल सम्बाददाता -काठमाडौं,५ भदौ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले बेलजियममा बस्दै आएका कवि विमल गिरीको हाइकु सङ्ग्रह ‘विभाजित मन’ को विमोचन गरेको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रह ‘विभाजित मन’को बिमोचन गरेका हुन् ।

विमोचित कृतिले नेपाली काव्य विधाको हाइकुलाई विकास गर्न मद्दत पुगेको र विमलजीको यस अघिका मुक्तक सङ्ग्रहहरू जस्तै यो सङ्ग्रह पनि पठनीय रहेको कुलपति उप्रेतीले बताए ।

बिमोचन समारोहमा स्रष्टा विमल गिरी (बेलजियम), गणेश पराजुली (हङ्कङ) र दीपा एक्वा राई (हङ्कङ) लाई सम्मान पनि  गरिएको थियो ।14054173_1151980531540776_1159768117082361023_n

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको सो समारोहमा विमोचित कृति ‘विभाजित मन’ बारे प्रा।डा।खगेन्द्रप्रसाद लुइटेल र पवन आलोकले आ–आफ्नो बिचार राखेका थिए ।

यसैगरी कार्यक्रममा विमोचित कृतिका स्रष्टा विमल गिरी, अध्यक्ष राधेश्याम लेकाली साहित्यकार रामप्रसाद दाहाल, सदस्य राजेन्द्र्र शलभ लगायतले पनि कृतीबारे बोलका थिए ।14045725_1151980381540791_3838132946004158968_n

अनेसास नेपाल च्याप्टरले प्रकाशन गरेको विमोचित कृति ‘विभाजित मन’ को बिमोचन समारोहमा साहित्यकार डा.सुरेन्द्र केसी, हिरण्यकुमारी पाठक, पूण्य वली, डी.पी.भण्डारी, लीला लुइटेल लगायतको उपस्थिति रहेको थियो ।14088628_1151980378207458_431707914029844689_n

 

Published on August 21, 2016 at 11:07 am

Loading...

यसमा तपाइको मत